पाठामारी, झापा - झापाको कचनकवल गाउँपालिका भित्रका मुख्य सडकहरूमा बाली सुकाउने प्रवृत्ति बढेसँगै यातायात अवरुद्ध हुने र दुर्घटना हुने जोखिम समेत बढेको छ। किसानहरूले खेतबारी वा सुरक्षित स्थानको अभावमा सडक नै कब्जा गरी धान, मकै लगायतका अन्न बाली सुकाउँदै आएका छन्।


स्थानीयवासीले खिचेको तस्बिरमा देखिन्छ, गाउँपालिकाको एउटा व्यस्त सडकमा बिचैमा त्रिपाल ओछ्याई अन्न सुकाइएको छ। वरपर चलिरहेको मोटरसाइकल, अटो र अन्य सवारीसाधनहरू सडक साँघुरो भएको कारण सन्तुलन गुमाउने अवस्थामा छन्। पैदल यात्री र बालबालिकाहरूको आवागमन हुने यो क्षेत्रमा कुनै चेतावनी वा संकेत चिन्ह नराखिएकाले दुर्घटनाको सम्भावना झनै बढेको देखिन्छ।
एक स्थानीय बासिन्दा गोविन्द राजवँशी भन्छन्, “हामीलाई किसानको पीडा थाहा छ, तर यस्तो कार्यले अरूको ज्यान जोखिममा पर्छ। सरकारले उचित विकल्प दिनुपर्छ।”
स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदै सडकमा हिड्नेहरू भन्दै आएका छन् कि यस्तो अवस्था तत्काल नियन्त्रणमा लिन नसके दुर्घटना हुँदा जिम्मेवार को हुने भन्ने प्रश्न उठ्छ।
यता किसानहरूको भनाइमा भने खेतमा सुकाउने स्थान छैन, टहरो छैन, अनि सूर्यको घाम सदुपयोग गर्न सडक नै सजिलो विकल्प बनेको हो। "अरू ठाउँ छैन, बाध्य भएर सडकमा सुकाएका हौँ," एक किसानले नाम नखुलाउने सर्तमा बताए।
विशेषगरी कचनकवल गाउँपालिकाको वडा नं ४ र ५ मा यस्तो दृश्य बारम्बार देखिने गरेको छ। यसले गाउँपालिकाको योजना व्यवस्थापन र पूर्वाधार अभावतर्फ पनि संकेत गर्छ।
सामाजिक सरोकारवालाहरूले गाउँपालिका र स्थानीय प्रशासनसँग यथाशीघ्र प्रत्येक वडामा सामूहिक बाली सुकाउने ठाउँको व्यवस्था गर्न माग गरेका छन् ।
गाउँपालिकाको सूचना :