झापा, कचनकवल - विद्यालय स्तरमा पोषण र स्वास्थ्य प्रवर्धनलाई सशक्त बनाउने उद्देश्यसहित कचनकवल गाउँपालिकामा “विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको अभिमुखीकरण, समीक्षा एवं योजना तयारी गोष्ठी” सम्पन्न भएको छ। कचनकवल गाउँपालिकाको सभाहलमा आयोजना गरिएको थियो।


प्रमुख अतिथिका रूपमा गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल तथा अन्य स्थानीय अधिकारीहरू सहभागी थिए।
राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत सम्पन्न सो गोष्ठीमा विद्यालयमार्फत बालबालिकाको समग्र स्वास्थ्य सुधार, पोषणयुक्त जीवनशैलीको प्रवर्द्धन तथा आगामी कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक योजना निर्माण सम्बन्धी विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा कचनकवल गाउँपालिका भित्रका प्रधानाध्यापकहरू, विद्यालय नर्सहरू, स्वास्थ्य चौकीका प्रमुख, स्वास्थ्यकर्मीहरू तथा महिला स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य जनस्वास्थ्य निरीक्षक नवीन मिश्रले प्रस्तुत गरेका थिए भने अभिमुखीकरण कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक महेशचन्द्र नेपालले गर्नुभएको थियो।
गोष्ठीले विद्यालयमा सन्तुलित आहार, पोषण सप्ताह, सरसफाइ, मानसिक स्वास्थ्य तथा पोषणयुक्त वातावरण सृजना गर्न दीर्घकालीन योजनासहित कार्ययोजना तय गर्ने अपेक्षा गरिएको छ।