झापा, बैशाख ३० – झापाको कचनकवल गाउँपालिका अन्तर्गत घेराबारी स्वास्थ्य चौकीका इन्चार्ज स्वास्थ्य सहायक (हे.अ.) विक्रम राजवंशीको सेवा करार सम्झौता भंग गरिएको छ।


राजवंशी विक्रम विकास मेडिकल फार्मेसीसँग संलग्न भई प्रतिबन्धित औषधिको कारोबारमा संलग्न देखिएपछि गाउँपालिकाले उक्त निर्णय लिएको हो। २०७९ सालदेखि फार्मेसीको नियमनको सन्देहमा आएका राजवंशीलाई औषधि व्यवस्था विभागको अनुगमन टोलीले २०८२ वैशाख २५ गते स्थलगत निरीक्षण गर्दा समेत भेट गर्न सकेको थिएन।
सोही दिन कचनकवल गाउँपालिका स्वास्थ्य शाखालाई टेलिफोनमार्फत राजवंशीको विवरण माग गरिएको थियो। त्यसपछि गाउँपालिकाले २०८२ वैशाख २५ गते भित्र फार्मेसीको दर्ता र सञ्चालनसम्बन्धी कागजात पेस गर्न पत्राचार गरे पनि २०८२ वैशाख २८ सम्म पनि उनले कुनै स्पष्टिकरण नपठाएको जनाइएको छ।
स्थानीय सरकारी सेवा (गठन तथा संचालन) ऐन २०८० को दफा ७७ विपरीत ब्यापार ब्यवसाय दर्ता गरि चलाएको साथै ऐनको दफा ९५(२) र सेवा करार सम्झौताको बुँदा ७ अनुसार राजवंशीले माफीको मौका दिँदासमेत स्पष्टिकरण पेश नगरेको र निजको संलग्नता व्यवसायिक हितविरुद्ध रहेको ठहर गर्दै गाउँपालिकाले उनको सेवा करार सम्झौता भंग गरेको हो।
उक्त मेडिकल फार्मेसीमा प्रतिबन्धित औषधिहरू - ट्रामाडोल ७९५ ट्याब्लेट, एन्टीकोफ ४७० ट्याब्लेट र डिक्लोमिन ३,९८० ट्याब्लेट - फेला परेपछि सञ्चालिका बन्दना पोखरेल पक्राउ परेकी छन्। अनुसन्धान जिल्ला प्रहरी कार्यालय झापाबाट अगाडि बढाइएको छ।
काजी खबरले मागेको सूचना अनुसार :