कचनकवल गाउँपालिकाले पाठेघरको मुखको क्यान्सर (Cervical Cancer) रोकथामका लागि किशोरीहरूलाई Human Papillomavirus (H.P.V.) खोप लगाउन आवश्यक रहेको भन्दै अनिवार्य रूपमा अभियानमा सहभागी हुन अपिल गरेको छ।

किन आवश्यक छ H.P.V. खोप ?

-पाठेघरको मुखको क्यान्सर यौनजन्य क्रियाकलापबाट सर्ने एक गम्भीर रोग हो, जसका कारण नेपालमा धेरै महिलाहरू प्रभावित भएका छन्।

-विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार, पाठेघरको मुखको क्यान्सर नेपालमा सरुवा क्यान्सरहरूमध्ये दोस्रो स्थानमा छ, तर महिलाको मृत्यु दरमा पहिलो स्थानमा रहेको छ।

-१४ वर्षभन्दा माथि का महिलाहरू जीवनमा कुनै न कुनै समयमा यो भाइरसको संक्रमणको सिकार हुने सम्भावना उच्च हुने WHO को तथ्यांक देखाउँछ।

-H.P.V. खोपले १०-१४ वर्ष उमेर समूहका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरको मुख्य कारक तत्व H.P.V. 16 र -H.P.V. 18 बाट १००% सुरक्षा प्रदान गर्ने प्रमाणित छ।

लक्षित समूह :

-विद्यालयमा अध्ययनरत कक्षा ६-१० की छात्राहरू

-विद्यालय नजाने १०-१४ वर्ष उमेरका किशोरीहरू

खोप लगाउने व्यवस्था :

यस महत्वपूर्ण खोप अभियानअन्तर्गत विद्यालयहरू तथा नजिकका स्वास्थ्य संस्थाहरूमा यो खोप निःशुल्क रूपमा उपलब्ध हुनेछ।

कचनकवल गाउँपालिकाको अनुरोध :

गाउँपालिका स्वास्थ्य शाखाले सम्पूर्ण अभिभावक, शिक्षक, समाजसेवी तथा स्थानीय प्रतिनिधिहरूलाई आफ्ना छोरी/चेलीहरूलाई अनिवार्य रूपमा H.P.V. खोप लगाउन प्रेरित गर्न अपिल गरेको छ। यो खोप पूर्ण रूपमा सुरक्षित, प्रभावकारी र वैज्ञानिक रूपमा प्रमाणित उपाय भएकोले, ढुक्क भई यस अभियानमा सहभागी हुन सबैलाई अनुरोध गरिन्छ।

स्रोत: कचनकवल गाउँपालिका स्वास्थ्य शाखा, झापा