झापा । कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी नेतृत्वमा टोलीले गएको मँसिर २१ गते काठमाडौ पुगी कचनकवल प्राविधिक शिक्षालयलाई बहुवर्षीय योजना अन्तर्गत समावेश गर्न गरेको पहलले सफलता पाएको छ। टोलीले उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह साथै अर्थमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाउँदै शिक्षालयको आवश्यक व्यवस्थापन र अन्य विकास योजनाबारे जानकारी गराएको थियोे।
उक्त टोलीमा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई ,निवर्तमान प्रदेशसभा सदस्य बसन्तकुमार बानियाँ ,वडाध्यक्ष चिन्तामणि खरेल र प्राविधिक शिक्षालयका सचिव चेतन खतिवडा रहेको टोलीलाई समाजसेवी प्रेम भट्टराईले सहजीकरण गरेका थिए।
गाउँपालिका अध्यक्ष राजवंशीको नेतृत्वमा काठमाडौ केन्द्रित टोलीको पहलले कचनकवलको समग्र विकासमा योगदान पुर्याउने र शिक्षालयलाई बहुवर्षीय योजना अन्तर्गत समेटी प्राविधिक शिक्षामा सुधार ल्याउने अपेक्षा गरिएको थियोे।
कचनकवल प्राविधिक शिक्षालयका सचिव चेतन खतिवडाले आँफुहरुको पहलले प्राविधिक शिक्षालयले बहुवर्षीय योजनामा समाबेश गराएर छाड्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । प्राविधिक शिक्षालय बहुवर्षीय योजनामा समावेश भएसँगै कचनकवललाई शिक्षा र विकासको नयाँ गन्तव्यतर्फ अघि बढाउने विश्वासको आधार तयार भएको छ ।