झापा, विर्तामोड – आठौँ राष्ट्रिय भाक्का दिवसको अवसरमा विर्तामोड नगरपालिका स्थित डोमा लाल रंगशालामा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा कचनकवल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले विशेष आतिथ्यता ग्रहण गर्दै सहभागी कलाकारहरूलाई मायाको चिनो प्रदान गर्नु भएको छ ।
भाक्का दिवसलाई भव्यताका साथ मनाउन झापाका तीन स्थानीय तह - भद्रपुर नगरपालिका ,कचनकवल गाउँपालिका र हल्दिवारी गाउँपालिकाले यस अवसरमा स्थानीय सार्वजनिक विदा घोषणा गरेका थिए ।
कार्यक्रममा स्थानीय कला ,संस्कृति र भाक्का परिकारहरूको विशेष प्रदर्शन गरिएको थियो । दिवसको अवसरमा स्थानीय कलाकारहरूले आफ्ना प्रस्तुतिमार्फत मौलिक सांस्कृतिक धरोहर जगेर्नामा महत्वपूर्ण योगदान दिएका छन् ।
कार्यक्रममा विभिन्न क्षेत्रका जनप्रतिनिधि ,स्थानीय व्यक्तित्व तथा सांस्कृतिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । राष्ट्रिय भाक्का दिवसले नेपाली सांस्कृतिक विविधतालाई प्रवर्द्धन गर्दै सामाजिक एकता र सहकार्यको सन्देश दिएको छ ।