झापा । कचनकवल-५ स्थित सुनकोसी चिया बगानमा युवा सरोकार सञ्जालको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा विभिन्न समाजसेवी ,राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
वनभोज कार्यक्रममा प्रमुख अतिथिको निमन्त्रणामा निवर्तमान प्रदेशसभा सदस्य वसन्त कुमार वानियाँ रहेका थिए। नेपाली काँग्रेस कचनकवल सभापति तुलाराम अधिकारी ,युवा सँघ कचनकवलका अध्यक्ष नवराज ढुङ्गाना ,राप्रपा युवक सँघ अध्यक्ष धन बहादुर तामाङ ,युवा नेता नारायण नेपाल ,बनियानी युवा परिवार क्लब अध्यक्ष शिव खड्का ,समाजसेवी सिताराम खड्का ,प्राथमिक स्वास्थ्य केन्द्र बनियानीका अध्यक्ष रोमसाम राजवँशी ,युवा ब्यवसायी दिल बहादुर कार्की ,युवा अभियन्ता आशिष वाग्ले ,युवा ब्यवसायी सरोज लामिछाने ,जनस्वास्थ्य निरीक्षक नवीन मिश्र ,शिक्षक लक्ष्मी भण्डारी ,युवा ब्यवसायी सुवास कार्की ,युवा ब्यवसायी सुरज शाह ,सामाजिक अभियन्ता पवन लामिछाने ,युवा ब्यवसायी मनिष दाहाल ,युवा उद्यमी सुरेश अधिकारी ,युवा ब्यवसायी सन्तोष श्रेष्ठ ,युवा ब्यवसायी दिपेश भट्टराई ,निर्माण ब्यवसायी मदन खत्री ,युवा ब्यवसायी रमेश घिमिरे ,युवा ब्यवसायी निर्मल दाहाल लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
वनभोज कार्यक्रमले आपसी भाइचारा ,सामाजिक समन्वय र सामुदायिक एकता प्रबर्द्धनमा विशेष योगदान दिएको बताइएको छ। सहभागीहरूले कार्यक्रमको व्यवस्थापन र आतिथ्य सत्कारको प्रशंसा गरेका छन्।