झापा – बाल विवाहको अन्त्यका लागि सचेतना जगाउने उद्देश्यले लुथरन वर्ल्ड फेडरेशन (LWF) को आर्थिक सहयोगमा ,SNJD कचनकवल र महेन्द्र मावि केचनाको सहकार्यमा मुस्लिम टोल कचनकवल-४ (केचना) र कचनकवल-५ (पाठामारी) मा सडक नाटक आयोजना गरिएको छ।
स्थानीय समुदायमा बाल विवाहका दुष्प्रभावबारे चेतना फैलाउन कचनकवलको विभिन्न दुई स्थानमा प्रदर्शन गरिएको यस नाटकले विशेषगरी किशोर-किशोरी र अभिभावकलाई लक्षित गरेको थियो। नाटकमा बाल विवाहले बालबालिकाको शिक्षा ,स्वास्थ्य र सामाजिक जीवनमा पार्ने नकारात्मक प्रभावलाई प्रभावकारी ढंगले प्रस्तुत गरिएको थियो।
कचनकवल-४ मुस्लिम टोलमा कार्यक्रमको उद्घाटन गर्दै महेन्द्र मावि केचनाका प्रधानाध्यापकले बाल विवाह समाजमा जरा गाडेको गम्भीर समस्या भएको र यसको अन्त्यका लागि विद्यालय ,समुदाय र संघ-संस्थाको सहकार्य अपरिहार्य रहेको बताए। SNJD का कचनकवल सँयोजक कुमार चुडालले बाल विवाहविरुद्धको अभियानमा सामुदायिक सहभागिता बढाउन यस्ता सचेतनामूलक गतिविधि प्रभावकारी हुने बताए।
स्थानीय महेन्द्र रत्न माद्यामिक विद्यालयका किशोर-किशोरीहरूले अभिनय गरेको सडक नाटकले दर्शकहरूलाई गहिरो सन्देश दिएको छ। "बाल विवाहले हाम्रो भविष्यलाई कसरी कमजोर बनाउँछ भन्ने कुरा मैले यो नाटकबाट सिकेँ," एक दर्शकले प्रतिक्रिया दिँदै भने।
LWF को आर्थिक सहयोग र SNJD को व्यवस्थापनमा सम्पन्न यस अभियानले बाल विवाहविरुद्ध जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्। समाज परिवर्तनका लागि यस्ता कार्यक्रमले दीर्घकालीन प्रभाव पार्ने अपेक्षा आयोजकले गरिएको छ।