झापा – कचनकवल गाउँपालिका वडा नम्बर २ ले आदर्श र द्रोणाचार्य आधारभूत विद्यालयका विद्यार्थीहरूलाई पोशाक वितरण गरेको छ। शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गरिएको यस कार्यक्रममा आदर्श र द्रोणाचार्य विद्यालयका विद्यार्थीहरू समेटिएका छन्।
गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीको प्रमुख आथित्यमा आयोजित एक कार्यक्रममार्फत विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको हो। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्षले भने, "सामाजिक न्यायको प्रत्याभूति गर्दै, सबै विद्यार्थीहरूलाई शिक्षामा समान अवसर प्रदान गर्न सबै वडाले यस प्रकारको कदम चाल्नुपर्छ।"
पोशाक वितरणका क्रममा छोटो मन्तब्य राख्दै गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले गाउँपालिकाले आगामी दिनमा शिक्षा, स्वास्थ्य र विकासका क्षेत्रमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कचनकवल गाउँपालिका २ वडाध्यक्ष लेखनाथ खत्रीले गाउँपालिकालाई धन्यवाद ब्यक्त गर्दै पोशाक वितरणले आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीहरूलाई शिक्षामा निरन्तरता दिन प्रेरणा मिल्ने विश्वास गर्नुका साथै, कार्यक्रममा विद्यालयका शिक्षक र अभिभावकहरूले पनि सहयोगका लागि गाउँपालिकालाई धन्यवाद दिएका छन्।




















