झापा । लागू औषधको बढ्दो दुरुपयोग र यसले समाजमा पारिरहेको नकारात्मक प्रभावलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय झापाद्वारा लागू औषध नियन्त्रण सम्बन्धी चेतनामूलक कार्यक्रम आयोजना गरियो। यस कार्यक्रमको उद्देश्य लागू औषध सम्बन्धी जनचेतना फैलाउने, दुरुपयोग रोकथाम गर्ने, र प्रभावितहरूलाई पुनःस्थापनाका लागि सहकार्य कसरी गर्ने भन्ने रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला प्रशासन कार्यालय झापाका प्रजिअ बन्धु प्रसाद बास्तोला रहनु भएको कार्यक्रमको अध्यक्षता कालेन्द्र प्रसाद सिह राजवँशीको रहेको कार्यक्रममा अतिथिको रुपमा जिल्ला प्रहरी प्रमुख मिलन केसी,सशस्त्र प्रहरी प्रमुख कबिन्द्र राई,नेपाली सेनाका गणपति राजु बस्न्यात,राष्ट्रिय अनुसन्धान प्रमुख कुलचन्द्र नेपालको आतिथ्यता रहेको कार्यक्रममा स्वागत मन्तब्यका क्रममा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले "लागू औषध नियन्त्रणका लागि सरकार र समुदायको भूमिका महत्वपूर्ण भएकाले युवा पुस्ता लागू औषधको जोखिममा पर्ने सम्भावना बढी भएकोले यसलाई रोक्न समयमै कदम चाल्नुपर्नेमा जोड दिनुभयो"।

जनप्रतिनिधि ,कर्मचारी र शिक्षकहरुको सहभागिता रहेको कार्यक्रममा चेतना नेपालका ईन्द्र प्रसाद ओलीले सहभागीहरूलाई लागू औषधको असर र यसबाट ब्यक्ति ,परिवार र समाजलाई जोगाउने उपायबारे प्रशिक्षित गर्नुभएको थियोे ।

कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीले समाज र राष्ट्रलाई बचाउन लागू औषध विरुद्धको प्रतिज्ञा हामीले गर्नुपर्ने बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

सम्पादकको टिप्पणी:

लागू औषध नियन्त्रणका लागि यस्ता कार्यक्रमहरूको नियमितता अत्यन्त आवश्यक छ। सरकार, समुदाय र युवा पुस्ताको समन्वयबाट मात्र यस समस्यालाई जरोबाट उखेल्न सकिन्छ।