झापा। एशियन लाइफ इन्स्योरेन्स कम्पनी बनियानी शाखाले कचनकवल-०४ ,झापा निवासी सकुन्तला राजवँशीको परिवारलाई मृत्युदाबी भुक्तानी गरेको छ ।
कम्पनीले बीमित राजवँशीको बुवा बिष्णु राजवँशीलाई २ लाख ५ हजार ८ सय ४० रुपैयाँको चेक हस्तान्तरण गरेको हो । एशियन लाईफ बनियानी शाखा प्रबन्धक मेघ बहादुर लिम्बू ,बरिस्ठ एजेन्सी उमानन्द राजवँशी ,एजेन्सी मो.हारुन रसिद मियाँले संयुक्तरुपमा चेक हस्तान्तरण गरेको हो ।
राजवँशीले वि.सँ. २०६९ चैत २८ मा जीवन बीमा गराएको विज्ञप्तिमा उल्लेख गरिएको छ । बीमीतको २०८१ असोज २७ गते उपचारगरि फर्कने क्रममा बाटोमै अचानक बीमित राजवँशीको मृत्यु भएको थियो ।