बनियानी-झापाको कचनकवल गाउँपालिका वडा -६ (बनियानी) स्थित नौलो भविष्य साना किसान कृषि सहकारी संस्था लिमिटेडको ११औं बार्षिक साधारणसभा बनियानी स्थित बाल सामुदायिक भवनमा सम्पन्नताका क्रममा सँस्थापक प्रबन्धक भागीरथा प्याकुरेलको औपचारिक  बिदाईको अनौठो दृश्यले इतिहासको विस्मरण गर्दै सुनौलो भविष्यको निर्धारण गरिएको  देखिएको छ।

सहकारी सँस्था स्थापनाकालका २६ सदस्यीय सँस्थापक सदस्य मध्येका सँस्थापक अध्यक्ष गँगाराम बजगाँई ,भागीरथा प्याकुरेल (बजगाँई) ,रविचन्द्र ओझा ,कृष्ण अधिकारी सहितको सहकार्यमा २०६५ चैत १९ गते तत्कालीन ५ वटा गाविस बनियानी ,केचना ,पृथ्वीनगर ,पथरिया ,बालुवाडी कार्यक्षेत्र रहनेगरी  दर्ता भएको नौलो भविष्य बचत तथा ऋण सहकारी सँस्था २०६९ चैत १३ गतेबाट विधिवत रुपमा नौलो भविष्य साना किसान कृषि सहकारी सँस्था बनेपछि बनियानी र पाठामारी मात्रै कार्यक्षेत्र बनेको इतिहास पाईन्छ ।

विधिको विधान सँस्थापक अध्यक्ष गँगाराम बजगाँईको २०६७ कार्तिक २१ मा निधन भएपछि स्कुल चौक बनियानी स्थित शिव खड्काको घर नजिकै वर्तमान बेवारिसे झैं बनेको रविचन्द्र ओझा बस्ने भाडाको घरलाई नै कार्यालय बनाई डिमा कुमारी लिम्बू (शृजना) ,नीलम न्यौपाने ,इन्दिरा ढुङ्गाना ,रमला अधिकारी ,कुमारी खरेल ,रुकमिना दाहाल ,मुना थापा  लगायतलाई  कलेक्टरको जिम्मेवारी दिई दिनभर उनीहरुबाट सँकलन भएको रकमको पोस्टिङ गर्ने जिम्मा स्वर्गीय बजगाँई पत्नी भागीरथा प्याकुरेल लगायत सँस्थापक कै थियोे । Screenshot_20241112_061246_Gallery

कचनकवल-२ (पथरिया ) स्थित साना किसान कृषि सहकारी सँस्थामा कार्यरत भागीरथा प्याकुरेल (लक्ष्मी बजगाँई) लाई २०७० चैत १३ गते विधिवत रुपमा साना किसानको परिपक्वताको प्रमाणपत्र पाएपछि सहकारी सञ्चालकले भागीरथा प्याकुरेललाई २०७० असोज १२ गते नौलो भविष्य साना किसान कृषि सहकारी  बनियानीमा औपचारिक नियुक्ति गरेपछि नौलो भविष्य बचत तथा ऋण सहकारीले औपचारिक रुपमा नौलो भविष्य साना किसान कृषि सहकारी बनियानीको आधिकारिक कार्यालय र प्रबन्धक पाएको इतिहासले बताउँछ।Screenshot_20241112_061235_Gallery

नौलो भविष्य साना किसान कृषि सहकारी सञ्चालक समितिका अध्यक्ष रविचन्द्र ओझा नेतृत्वको समितिले सँस्थापक अध्यक्ष स्व.गँगाराम बजगाँई पत्नी भागीरथा प्याकुरेललाई नै सँस्थापक प्रबन्धक बनाएसँगै बनियानी स्थित आफ्नै घरमा ठूलो बोर्ड सहित बिधिवत कार्यालय स्थापना गरि तिलक पोख्रेल ,सुनिता रिजाल जस्ता असल कर्मचारीलाई साथमा लिएर निवर्तमान प्रबन्धक भागीरथा प्याकुरेलले नौलो भविष्य साना किसान सहकारीलाई १४७ समूहका ८४२ घर परिवारलाई आवद्ध गरी सँस्थाको १ करोड ४४ लाख २७ हजार ३ सय ८१ रुपैया बारबरको कोष ब्यवस्थापन गरि प्रमाणपत्र र दोसल्ला ओढेर भेलामा उपस्थित सदस्यहरु माझ बिदाइको शब्द राख्ने प्रतिबन्धका बीच निवर्तमान  प्रबन्धकबाट बिदा लिएको पाईन्छ।

११औ बार्षिक साधरण सभाका प्रमुख अतिथि तथा कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बाहेक उपस्थित अतिथि तथा सँस्थाकै अध्यक्षले पनि सँस्थाको इतिहास र स्व.गँगाराम बजगाँईको सम्झना गर्नु त टाढाको बिषय बन्यो बरु निवर्तमान बनिसकेको प्रबन्धक भागीरथा प्याकुरेललाई समेत आफ्नो कार्यकालमा आबद्ध गराईएका सदस्यहरु बीच बिदाईका शब्दहरु राख्ने समय ब्यवस्थापन गर्न नसक्नु वर्तमान सञ्चालक समितको "इतिहासको विस्मरण गरी उज्ज्वल भविष्यको निर्धारण" गर्नु साँच्चिकै अर्थपूर्ण रह्यो ।

लेखा सँयोजक ओम प्रकाश खतिवडाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन :

२०७० सालमा स्थापना भएको सहकारी संस्थाले विगत वर्ष देखी नै साना व्यावसायिक कर्जा तथा साना उद्यमीहरुको साना साना बचत संकलन  गरी ऋण प्रवाह गर्दै आफ्ना सेवाहरुलाई विस्तार गर्दै आएको विश्वासिलो सँस्थाको रुपमा स्थापित भएको हो।साना किसान कृषि सहकारीले  गत आ. व. २०८०/८१ मा सेयर सदस्यहरु ८४२ जना पुर्याई  शेयर पुँजी रु ३४ लाख २८  हजार ८ सय रुपैया  रहेको छ । त्यसैगरी संस्थाको गत निक्षेप १ करोड ५७  लाख ७३ हजार ६ सय ७० रुपैया रहेको छ।  ऋण लगानी ४ करोड ४० लाख २९ हजार २ सय ६१ पुगेको छ।सहकारीको कुल पुजी ५ करोड ६५ लाख २१ हजार २ रुपैया कुल पुजीमा २६ लाख ३५ हजार १ सय २८ रुपैया नाफा कमाएको छ। Screenshot_2024-11-12-07-03-24-883_com.miui.gallery-edit

उक्त संस्थाको साधारण सभाका प्रमुख अतिथि कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले कार्यक्रम उदघाटन गर्दै वास्तविक किसानले पाउनु पर्ने कृषि सेवा र सुविधा साना किसानका लागि उधमी कर्जा लगानी र प्रोत्साहन मुखी कार्यक्रम ल्याउन आवश्यक रहेको भन्दै अर्गानिक खेति तर्फ आकर्षित बन्न जोड दिनु भयो। 

११औं बार्षिक साधारण सभाको निर्धारित कार्यक्रममा सञ्चारकर्मी लगायत अतिथिलाई सँस्थाका अध्यक्षले औपचारिक निमन्त्रणा गरेपनि सञ्चालक समिति भित्रै कस्लाई बोलाउने ? कस्लाई नबोलाउने भन्ने छलफल गरिएकाले कार्यक्रम सञ्चालन पुस्तिकामा रेकर्ड नराखिए पनि सञ्चालकले औपचारिकता निर्वाह कै लागि आसनग्रहण गराउँदै वार्षिक साधारण सभा कार्यक्रम संस्थाका नव नियुक्त थुप्रै सहकारीमा नाम लेखिएका सफल अनुभवी प्रबन्धक बलराम बरालले सञ्चालन गर्नु भएको थियो।