बनियानी। झापाको कचनकवल गाउँपालिका वडा नं. ६ बनियानीस्थित जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। 

साधारण सभाको उद्घाटन पानसमा बत्ती बालेर प्रमुख अतिथि कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीले गर्नु भएको छ। कार्यक्रममा प्रमुख अतिथि राजवँशीले सहकारीले सामाजिक क्षेत्रको उत्थानका लागि सहकार्य गर्न जरुरी रहेको बताए। 

कार्यक्रमका बिशिस्ट अतिथि कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले सहकारीको साधारणसभाको शुभकामना व्यक्त गर्दै सहकारीहरुमा बढ्दो कर्पोरेट प्रवृत्तिदेखि सजग हुनुपर्ने बताउनु भएको छ।

साधारण सभामा अतिथि नौलो भविष्य सहकारीका अध्यक्ष रविचन्द्र ओझा ,मित्रलाल खनाल ,उपाध्यक्ष एवं ऋण उपसमितिका संयोजक कुल बहादुर कार्की ,सचिव तुलसीराम खतिवडा ,कोषाध्यक्ष देवीमाया खड्का लगायतले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई थप सुदृढ बनाउने योजना प्रस्तुत गर्नु भएको थियोे।Screenshot_20241109_162752_Facebook

८ करोड ४४ लाख ऋण लगानीः सबैभन्दा बढी ब्यक्तिगत ब्यवसायमा लगानी 

यसैबीच जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ मा ८ करोड बढी ऋण लगानी गरेको छ।

सहकारीको १५ औं वार्षिकोत्सवको अवसरमा सो जानकारी दिइएको हो। सहकारीले गत आर्थिक वर्ष २०८०/०८१ मा ८ करोड ४४ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ।

सहकारीका अनुसार चालू आर्थिक वर्षमा प्रवाह गरेका ऋणमध्ये सबैभन्दा बढी ब्यक्तिगत ब्यवसाय शिर्षकमा ऋण लगानी भएको छ। सहकारीले चालू आर्थिक वर्षमा ७ करोड ७८ लाख लगानी गरेको छ।

जनहितकारी सहकारीले गतवर्ष ४८ लाख ९३ हजार ७ सय १२ शुद्ध मुनाफा कमाएको थियोे भने उक्त अवधिमा सहकारी सदस्यतामा पनि वृद्धि गरेको छ। संस्थाका सचिव तुलसीराम खतिवडाका अनुसार आर्थिक वर्ष ०७९/८० मा २२३५ जना सदस्य रहेकोमा आर्थिक वर्ष २०८०/०८१ मा २३५८ जना सदस्य पुगेको जानकारी दिनुभयो।