बनियानी, कार्तिक ६ – कानुनी ज्ञानको अभावमा समाजमा विभिन्न प्रकारका कानुनी समस्या र अन्याय बढिरहेको अवस्थामा युवापुस्तालाई कानुनी सचेतना दिनुपर्ने आवश्यकता महशुस गर्दै बनियानी स्थित लक्ष्मी प्रसाद देवकोटा माद्यामिक विद्यालय कचनकवल-२(सुकुनाडिग) स्थित कक्षा ११ र १२ अध्ययनरत विद्यार्थीहरूका लागि कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कचनकवल गाउँपालिका भित्रका ११ र १२ कक्षा सञ्चालित सबै माद्यामिक विद्यालयका विद्यार्थीलाई कानुनी सचेतना प्रदान गर्ने उदेश्यले लक्ष्मी माविबाट शुभारम्भ गरिएको कार्यक्रम दोस्रो दिन सुकुनाडिगी स्थित लक्ष्मीप्रसाद देवकोटा विद्यालयमा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि कालेन्द्र प्रसाद सिह राजवँशीको साथमा कानुनी क्षेत्रका विज्ञका सर्वोच्च अदालतका उपरजिस्टार राजन सुवेदी र इलाका प्रहरी कार्यालय बनियानीका प्रहरी बरिस्ठ नायव नीरिक्षक प्रविन भट्टराईले कानुनको महत्व, कानुनी प्रक्रियामा कसरी संलग्न हुने, र कानुनी सहायता प्राप्त गर्ने तरिका,लागू औषध, साइवर अपराध, घरेलु हिंसा र लैङ्गिक हिंसाका साथै ट्राफिक सचेतनाको विषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो।
दोस्रो दिने कानुनी सचेतना कार्यक्रममा लक्ष्मीप्रसाद देवकोटा माद्यामिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले कानुनी प्रक्रियाको बारेमा सिक्न पाएकोमा खुसी व्यक्त गर्दै यस किसिमका कार्यक्रमले भविष्यमा कानुनी चेतना बढाउने विश्वास व्यक्त गरे। कार्यक्रमको दौरानमा कानुनी अधिकारको हनन हुँदा कसरी कानुनी उपचारको खोजी गर्ने, तथा न्यायिक प्रणालीमा पहुँच कसरी सुनिश्चित गर्ने जस्ता महत्वपूर्ण विषयहरूमा अन्तर्क्रिया गरिएको थियो।
प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीले कानुनी शिक्षाले मात्र होइन, कानुनी अधिकारको बारेमा सचेत नागरिक बन्नका लागि यो कार्यक्रम महत्वपूर्ण रहेको बताउनु भयो ।
गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितका सँयोजक नवराज भट्टराईले औपचारिक कार्यक्रमको समापन गर्दै कानुनी सचेतनाले समाजमा नागरिकको भूमिका अझ सशक्त बनाउने र न्यायसम्म पहुँच सुनिश्चित गर्न मद्दत गर्ने बिचार ब्यक्त गर्नुभयो।