बनियानी । झापाको कचनकवल-६ (बनियानी) स्थित लक्ष्मी माद्यामिक विद्यालयका चार सय एकाउन्न विद्यार्थीको निःशुल्क आँखा परीक्षण सम्पन्न भएको छ।
मेची आँखा अस्पताल बिर्तामोडको प्राबिधिक सहयोग तथा आई केयर फाउन्डेसन द नेदरल्यान्डको आर्थिक सहयोगमा सम्पन्न भएको शिविरमा १८४ छात्र र २६७ छात्राको आँखा परीक्षण गरिएको छ ।
जसमध्ये ५ जनालाई चस्मा वितरण गरिएको र ६ जनाको जटिल समस्या भएकाले अभिभावकसहित आँखा अस्पतालमा बोलाइएको शिविर सँयोजक युवराज बोहोराले जानकारी दिनुभयो ।