कचनकवल । इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएका ६९ हजार बराबरको सामान बरामद गरेको छ। प्रहरीले आज कचनकवलको ४ नम्बर वडाको केचना बजारबाट भारतीय नाकाबाट भन्सार छली गरी ल्याइएका ६९ हजार ६ सय ९० मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय बनियानीका प्रहरी बरिस्ठ नायब निरीक्षक प्रविन भट्टराई र इप्रका केचनाका प्रहरी नायव निरीक्षक अमर विनोद घिमिरेको सँयुक्त प्रहरी गस्ती टोलीले भारतबाट नेपाल भित्र्याउँदै गरेको BR37S0986 नम्बरको मोटरसाइकल सहित भन्सार छलीका सामान बरामद गरेको हो ।

केचनाबाट करिब ६९ हजार ६ सय ९० रुपैया बराबरको शृङ्गारका विविध सामान बरामद गरिएको छ। बरामद गरिएका अवैध भन्सार छलीका मालसामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाईएको छ।