झापा । पछिल्लो समय अत्यधिक बढेको गर्मीका कारण कचनकवलका विद्यालय बन्द हुने भएका छन् ।
गाउँपालिकाले आज अध्यक्ष स्तरीय निर्णय गर्दै दुई दिनका लागि सूचना जारी गर्दै हाललाई मंगलबार र बुधबार पालिका भित्र संचालित सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।
झापामा पछिल्लो समय उच्च तापक्रम मापन भएको छ । स्थानीय तापक्रम ४० डिग्री माथि देखिएको सूचनाहरु आइरहेका छन् ।
झापाका अन्य पालिकाका विद्यालयमा समेत गर्मीका कारण विद्यार्थी बिरामी हुने र पठनपाठनमा समस्या भएको विद्यालय स्रोतहरुले बताइरहेका छन् ।