कचनकवल, झापाको कचनकवल गाउँपालिका ३ (डागीवारी) स्थित मोती माद्यामिक विद्यालय डागीवारीले राष्ट्रिय बाल दिवस २०८१ को अवसर पारेर विद्यालयमा विभिन्न विद्यालयको सहभागीतामा निबन्ध लेखन प्रतियोगिता गर्नुका साथै विद्यालयलाई आर्थिक सहयोग गर्ने ११ जना दाताहरुलाई सम्मान गरेको छ। 

मोती माध्यामिक विद्यलयमा अध्यापन गराई रहेका शिक्षक तथा स्थानीय ११ जना दाताहरुले १५१४५५ रकममा विद्यालयमा स्टेज निर्माण सम्पन्न गर्दै रकम जम्माका लागि सुर्यनारायण राजवँशी ,छविलाल बस्नेत ,शेषलाल राजवँशी ,भक्ति प्रसाद बिष्ट ,दीपेश ढकाल ,घनश्याम राजवँशी ,जय प्रकाश शाह ,रामबाबु माझी ,राजेश कुमार सिह राजवँशी ,लोकेश कुमार माझी ,हत्ती नारायण राजवँशी ,दीर्घसेवी शिक्षक तेज नारायण सिह राजवँशी र वर्ष उत्कृष्ट अभिभावक कक्षा ५ मा अध्ययनरत छात्रा सँगीता श्रेष्ठको अभिभावक बीना श्रेष्ठलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको छ।Screenshot_20240918_184439_WhatsApp

राष्ट्रिय शिक्षा दिवस २०८१ को अबसरमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा कचनकवल विद्या मन्दिर मावि प्रथम,शिव मावि द्वितीय र पथरिया मावि तृतीयलाई प्रमाणपत्र र मेडलले सम्मान गरिएको छ।

वि.ब्य.स. अध्यक्ष शेषलाल राजवँशीको सभापतित्वमा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशी ,बिशिस्ट अतिथि कचनकवल ३ वार्ड सदस्य सुर्य नारायण राजवँशी र कचनकवल शिक्षक महासँघ अध्यक्ष भैरव प्रसाद सिह राजवँशी हेको कार्यक्रममा स्वागत मन्तब्य प्र.अ. छविलाल राजवँशीले राख्नु भएको थियोे भने उक्त कार्यक्रमको सञ्चालन विद्यालय सूचना अधिकारी शान्त कुमार ढुङ्गेलले गर्नु भएको थियोे।