झापा। कचनकवल गाउँपालिकाले विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम अन्तर्गत ६ वटा विद्यालयका लागि करार ६ पदमा विद्यालय नर्स सम्बन्धी १५ दिने दरखास्त निवेदनका लागि सार्वजनिक सूचना जारी गरेको छ ।
विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका २०७६ भित्र रही गाउँ कार्यापालिकाले तोकेको ढाँचा भित्र रही २०८१ भदौ ११ गतेसम्ममा इच्छुक उम्मेदवारले निवेदन पेश गर्न भनिएको छ। विद्यालयमा नर्सिङ सेवा प्रभावकारी देखिएकाले गाउँपालिका मार्फत करारमा विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन खुला गरिएको हो ।