झापा।देशका ७५३ स्थानीय तह मध्ये राहत ब्यवस्थापन प्रणाली पहिलोपटक लागू गरिएको सफ्टवेयर निर्माता कम्पनीको दाबी सहित कचनकवल गाउँपालिकाले सबै वडा कार्यालयका सचिव र सरोकारवाला पक्षलाई दुई दिने सफ्टवेयर प्रशिक्षण सम्पन्न गरेको छ।
गाउँपालिकाबाट प्रदान गरिने सबैखाले राहत तथा अनुदान वितरणलाई ब्यवस्थित गर्न एउटै सूचना प्रविधि प्रणाली मार्फत मितव्ययी,पारदर्शी र प्रभावकारी रुपमा सम्पादन गरी कार्यान्वयन गर्न सूचना तथा प्रविधि शाखाले लिडिङ एड्ज सफ्टवेयर कम्पनीसँगको सहकार्यमा पालिका राहत ब्यवस्थापन प्रणालीको विकास गरि पालिकाका सबै वडाहरुमा भदौ पहिलो सातादेखि एकिकृत राहत व्यवस्थापन प्रणाली (PRMS) सञ्चालनमा ल्याइने भएको छ।
यो प्रणाली प्रयोगमा आएसँगै चालू आर्थिक बर्षबाट गाउँपालिकाबाट प्रदान गरिने सेवा सुविधाहरु एक ब्यक्ति र एकाघरको परिवारले दोहोर्याउन नसकिने भएकोले बाठा-टाठाले पालिकाबाट प्रदान गरिने राहत तथा अनुदान एकपटक भन्दा बढी चालू आर्थिक वर्षबाट लिन नसकिने भएको छ।सम्पुर्ण वडा कार्यालयले यस प्रणाली मार्फत उल्लेखित कार्य सम्पादन गर्दा पालिकालाई कसैले पनि झुक्याउन नसकिने भएको छ।
दुई दिवसीय सफ्टवेयर प्रशिक्षण कार्यक्रममा गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशी,उपाध्यक्ष नवराज भट्टराई,सफ्टवेयर कम्पनीका अध्यक्ष बाप्पा शाहको मुख्य प्रशिक्षण कार्यक्रममा सातै वडाका वडा-सचिवको उपस्थितिमा सञ्चालन भएको प्रशिक्षणको उद्घाटन र समापन पालिका अध्यक्षले गर्दै कार्यक्रमको सञ्चालन र सहजीकरण सूचना प्रविधि अधिकृत दिपेन्द्र कुमार गणेशले गर्नु भएको थियोे।