कचनकवल।लघु उद्यम तथा गरिबी निवारण कार्यक्रम अन्तर्गत तालिम प्राप्त उद्यमीहरुलाई बुधबार कचनकवल गाउँपालिकाले पुराना र नयाँ तालिम लिएका उद्यमीलाई प्रविधि हस्तान्तरण गरेको छ।
कचनकवल गाउँपालिकाले विभिन्न चरणमा तालिम सञ्चालन गरि गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम मार्फत सिलाई कटाई स्तरोन्नति तालिम लिएका दुई जना उद्यमीलाई २ थान सिलाई मेसिन र नयाँ उद्यमी समुहलाई ६ थान सिलाई मेसिनका साथै बिधुत मर्मत तालिम तथा प्लम्बिङ तालिम लिएका समुहलाई १/१ सेट सम्बन्धित क्षेत्रमा प्रयोगमा ल्याईने सामाग्री हस्तान्तरण गरिएको छ।
प्रविधि हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीका साथै कार्यक्रम सँयोजक भूमि प्रसाद निरौलाको उपस्थिति रहेको थियोे। महिलाहरुलाई उद्यमीबन्नका लागि प्रेरणा मिलोस् भनेर लघु उद्यम तालिमहरुको आयोजना विभिन्न चरणमा गर्ने गरेको लघु उद्यम कार्यक्रम सँयोजक भूमि प्रसाद निरौलाको भनाई छ ।
कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीको प्रमुख आतिथ्यमा भएको प्रविधि हस्तान्तरण कार्यक्रममा छोटो मन्तब्य राख्दै कालेन्द्र प्रसाद सिह राजवँशीले महिलाहरुलाई आत्मनिर्भर बनाउन "सीप सिकौं आत्म निर्भर बनौं" भन्ने नाराका साथ कचनकवल गाउँपालिकाले विभिन्न चरणमा तालिम कार्यक्रमहरु सञ्चालन गर्ने गरेको बताउनुभयो।