अहिले बर्षा याममा बजारमा उपलब्ध हुने तरकारीहरु मध्ये धेरैको रोजाइ बाँसको तामा हुने गर्दछ।खाँदा स्वादिष्ट र स्वास्थ्यका दृष्टिकोणले पनि तामालाई बहुउपयोगी मानिन्छ।तामाको अचार होस् वा यसबाट बन्ने अन्य परिकार किन नहोस् निकै स्वादिलो हुने भएकोले अहिलेको समयमा धेरैको भान्सामा तामाको परिकार पाईन्छ।

आज हामी तामाको परिकारको सेवनले मानव स्वास्थ्यमा हुने फाइदाहरु के के छन् चर्चा गर्ने छोैँ।तामाको स्वादसँग जोकोही परिचित भए पनि यसको बहुगुणी फाइदाबारे सबैलाई जानकारी नहुन सक्छ।

बाँसको तामाले मानव स्वास्थ्यमा पुर्याउने फाइदाहरु यसप्रकार छन् ‌‍‌‍

बाँसको तामा खाएमा मुटुसम्बन्धी तथा फोक्सोसम्बन्धी रोगको सम्भावना कम हुन्छ।यसले कोलेस्ट्रोल नियन्त्रणमा राख्न मद्दत गर्छ।बिभिन्न घाउ तथा चोट ठीक गर्न तामा उपयोगी हुन्छ।यसमा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन सहयोग पुर्‍याउछ।यसमा कम कार्बोहाइड्रेड हुन्छ त्यसैले यो मधुमेह रोगीका लागि फाइदाजनक हुन्छ।तामाको परिकार नियमित खाने व्यक्तिलाई क्यान्सरको जोखिम न्युन हुन्छ।ग्यास्ट्रिक र अल्सरका रोगीका लागि पनि तामा उत्तम मानिन्छ।पिसाबको संक्रमण भएमा तामा खाँदा यसले औषधिको काम गर्नुका साथै पाचन प्रक्रियामा फाइदा पुर्‍याउँछ।रक्तचाप नियन्त्रणमा राख्न मद्दत गर्छ।पाचन प्रक्रियामा समस्या हुनेले पनि नियमित तामा खाँदा राम्रो हुन्छ। नियमित तामाको परिकार खाने व्यक्तिलाई क्यान्सर हुने डर कम हुन्छ।आन्तरिक तथा बाह्य रूपमा हुने मानिसका विभिन्न घाउ तथा चोट ठीक गर्न उपयोगी हुन्छ।फोक्सोसम्बन्धी बिमारीलाई त झन् अमृत मानिन्छ,बाँसको तामा।श्वासप्रश्वासका बिरामीलाई नियमित रूपमा तामा खुवाउँदा बिस्तारै निको हुँदै जान्छ।बाँसको तामा मात्र होइन,पात पनि बिभिन्न हर्बल बनाउन प्रयोग गरिन्छ।