कचनकवल।इस्लाम धर्म अनुयायीहरुको धार्मिक आस्थालाई मध्यनजर गर्दै आर्थिक वर्ष २०८०/८१ मा कचनकवलका विभिन्न वडाहरुमा एकैपटक ५ वटा ईदगाह निर्माणका साथै मृत्युु भएपछि कबरस्थानसम्म लैजान प्रयोग गरिने १७ वटा ताबुद छरिएर रहेका १७ बस्तीहरुमा प्रदान गर्नुका साथै २ वटा मस्जिद निर्माण गरिएको छ।
९००१ घरधुरी संख्या रहेको कचनकवलको जम्मा जनसंख्या ४२९१२ रहेको छ। धर्मको आधारमा हिन्दु धर्म पश्चात् कचनकवलको दोस्रो ठूलो धर्मावलम्बी हो।
कचनकवल गाउँपालिकाले इस्लाम धर्मावलम्बीको बाक्लो समुदाय रहेको कचनकवल-५(नयाँहाट)पाठामारी,कचनकवल-५(डाँगाबारी)पाठामारी,कचनकवल-५(बडझोडा),कचनकवल-३(बडकेचना)लगायत ५ स्थानका वडाहरुमा ईदगाह निर्माण गरेको हो ।
कचनकवल-३ र कचनकवल-४ मा मस्जिद निर्माणका साथै मृत्युु पश्चात् प्रयोग गरिने १७ वटा ताबुद १७ बस्तीका इस्लामलाई प्रदान गरेको छ।
अल्लाहको भक्ति गर्नु इस्लाम धर्मको विशेषता हो । यसका अनुयायीहरूको प्रमुख विश्वास छ कि ईश्वर केवल एउटा छन् र पूरै सृष्टिमा केवल उनी नै महिमा (इबादत) को योग्य छन, र सृष्टिमा हरेक वस्तु, जीवित र अजीवित, दृश्य र अदृश्य उनको इच्छाको अगाडि आत्मसमर्पित र शान्त छ । इस्लाम धर्मको पवित्र पुस्तकको नाम कुरआन हो जसको नेपाली अर्थ बारम्बार पढिने पुस्तक हुन्छ । यसको अनुयायिहरूलाई अरबीमा मुस्लिम भनिन्छ, जसको बहुवचन मुसलमान हुन्छ ।