झापा।पूर्वका ठुला निजी अस्पतालहरू मध्ये भद्रपुरस्थित ओम साइ पाथीभरा अस्पतालले बीमा सहित नेत्र सेवा सञ्चालनका लागि अनुमति पाएसँगै थप सेवा बिस्तार भएको छ।

स्वास्थ्य वीमा बोर्डको च.न.१७०३ को पत्रमा थप सेवा सञ्चालनका लागि वोर्डले नेत्र सेवा २०८१ साउन १ गतेबाट सञ्चालन अनुमति प्रदान गरेसँगै अस्पतालले साउन १ गतेबाट नेत्र सेवा सञ्चालन गर्ने अनुमति प्राप्त गरेको अस्पतालका प्रबन्ध निर्देशक बालकुमार पोखरेलले बताउनु भएको छ।

स्वास्थ्य बीमा बोर्डको २०८१ असार ३० गतेको कार्यकारी निर्देशक स्तरको निर्णय अनुसार ओम साइ पाथीभरा अस्पतालाई थप नेत्र सेवा सञ्चालनको अनुमति प्रदान गरेको छ। 

झापाको दक्षिणी भेगका स्थानीयहरूको एकमात्र भरोसाको नीजि अस्पतालले विगतका दिनहरुबाट पुर्वी पहाडी जिल्लाका नागरिकलाई समेत स्वास्थ्य बीमाबाट उपचार गराउँदै आएको  अस्पतालले नेत्र सेवा सञ्चालन अनुमति पाएसँगै नागरिकले प्रत्यक्ष सबैखाले सेवा एउटै अस्पतालबाट पाउने भएको छ।

अनुमति पत्र :Messenger_creation_c8276ea1-aba5-4810-8017-c830965946d2