झापा।झापाको कचनकवल गाउँपालिकाले कचनकवल वडा नम्बर १ स्थित हलेसी पाथीभरा रबर उत्पादक देवेन कुमार राजवँशीले कृषि सामाग्री पाएका छन्।रबर खेतीगर्ने व्यवसायिक किसान राजवँशीलाई गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीले उक्त कृषि सामाग्री ब्यवस्थापकलाई हस्तान्तरण गरेका हुन्।
गाउँपालिका अन्तर्गतको कृषि शाखाको रु पाँच लाख मुल्य बराबरको आर्थिक सहयोगमा रवर खेती उत्पादन प्रवर्द्धनका लागि उक्त फर्मलाई कृषि सामाग्री हस्तान्तरण गरिएको कचनकवल गाउँपालिका कृषि शाखा अधिकृत सँगम सापकोटाले बताउनुभयो।
कृषि शाखाले इच्छुक रबर खेती गर्ने किसानका लागि सूचना निकालेको थियोे ।जसमध्ये हलेसी पाथीभरा रबर उत्पादक किसान राजवँशीकाे निवेदन परेको कृषि शाखा प्रमुख सापकोटाले बताउनुभयो।
गाउँपालिका भित्र १ देखि ७ वडा छन्। गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशी,कचनकवल गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष लेखनाथ खत्री र कृषि शाखा प्रमुख सँगम सापकोटाकाे उपस्थितिमा रबर उत्पादनमा चाहिने रु पाँच लाख बराबरको आवश्यक कृषि सामाग्री वितरण गरिएको हो।