बनियानी। सरकारले स्थानीय तहमा सञ्चालनमा आउन लागेका १५ शैयाका आधारभूत अस्पतालहरुको नमूना संगठन संरचना र दरबन्दी स्थानीय तहलाई पठाई सकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थानीय तहमा स्थापना हुने १५ शैयाको अस्पतालको लागि मेडिकल जनरलिस्ट तह ९ वा १० एक जना, आठौं तहको मेडिकल अधिकृत दुई जना, स्टाफ नर्स ६, हेल्थ असिस्टेन्ट ४, आयुर्वेद सहायक १, ल्याब टेक्निसियन, रेडियोग्राफर, फार्मेसी सहायक, डेण्टल हाइजिनिष्ट, एनेस्थेटिक सहायक, अप्थाल्मिक सहायक, नायब सुब्बा प्रशासन १-१, कार्यालय सहयोगी ६ र सरसफाइकर्मी ३ गरी ३० जनाको दरबन्दी व्यवस्था गरेको  छ । Screenshot_20240701_061005_Chrome

कचनकवल गाउँपालिकाको वडा नम्बर ६ बनियानीमा बनेको भवन आकर्षक र सुविधासम्पन्न छ । सँघीय सरकारको ड्रिम परियोजना अन्तर्गत आधारभूत भवन निर्माणसम्बन्धी निर्देशिका २०७७ अनुसार तीन वर्षमा भवन निर्माण सम्पन्न सकिनुपर्ने हो । IMG-20240701-WA0002

कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममै आधारभूत अस्पताल सञ्चालनमा ल्याउने नीति पारित गरेसँगै अक्सिजन प्लान्ट सञ्चालन,भवन निर्माण कार्य र रङ्गरोगन अन्तिम चरणमा पुगेको छ। सञ्चालन र व्यवस्थापनको सवालमा भने पालिकालाई चुनौती देखिन्छ । 

कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीले भन्नुभयो, “आधारभूत अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । तर मापदण्डअनुसारको सञ्चालनको सवालमा स्थानीयतहले मात्र सक्ने अवस्था छैन । हामी केन्द्र र प्रदेशमा समन्वय गरिरहेका छौं ।” Screenshot_20240701_061028_Chrome

स्थानीय सरकारलाई सञ्चालनको चुनौती भएपनि सङ्घीय सरकारले भने “अस्पताल निर्माण भइसकेपछि व्यवस्थापन र सञ्चालनको जिम्मा स्थानीय तहकै भएकोले  सङ्घीय संरचनाअनुसार १५ शैयासम्मको अस्पताल स्थानीय तहको जिम्मेवारीमापर्ने बताउँदै आएको छ।”