हरेक वर्षको जून ४ गते संयुक्त राष्ट्र सङ्घको आव्हानमा संसारभरि निर्दोष बालबालिकामाथि हुने अत्याचारविरुद्धको दिवस कार्यक्रमहरू गरी मनाइन्छ । १९ अगस्ट १९८२ मा राष्ट्र सङ्घको महासभाको विशेष सत्रमा प्यालेस्टाइनको लेबनान र प्यालेस्टानी बालबालिकाको द्वन्दमा भएको हताहतको प्रश्नमा आक्रामक कार्यको सिकार भएका निर्दोष प्यालेस्टिनी र लेबनानी बालबालिकाहरूको ठुलो सङ्ख्याका तथ्यमा सम्पूर्ण महासभा नै स्तब्ध भएको थियो । यसरी स्तब्ध भएको महासभाले प्रत्येक वर्षको जुन ४ लाई यो दिवस मनाउने निर्णय गरेको थियो ।
लाखौँ बालबालिका द्वन्द्वमा फसेका छन् जसमा तिनीहरू केवल छेउमा बस्नेहरू मात्र होइनन्, तर निशानाहरू नै हुन्। Graça Machel, राष्ट्र सङ्घको महासचिव को विशेषज्ञ सन् २०२४ को उत्पीडनबाट पीडित निर्दोष बालबालिकाको अन्तर्राष्ट्रिय दिवसको नारा के हो ?
Acknowledges the pain that children around the world suffer यस वर्षको नारा हो । शारीरिक, मानसिक र भावनात्मक दुर्व्यवहारको सिकार भएका विश्वभरका बालबालिकाले भोग्नुपरेको पीडालाई स्वीकार गर्ने उद्देश्यले यो दिवस मनाइन्छ । यो दिवसले बालबालिकाको अधिकारको रक्षा गर्न संयुक्त राष्ट्र सङ्घको प्रतिबद्धतालाई पनि पुष्टि र पैरवी गर्दछ ।
विभिन्न कारणले बालबालिकाले भोगेका शारीरिक, मानसिक, भावनात्मक अनि संवेगात्मक पिडाहरूको आज चर्चा गर्दै अब त्यस्तो हुन नदिन छलफल र जागरण पनि गरिन्छ । संयुक्त राष्ट्र सङ्घको बाल अधिकारप्रतिको प्रतिविद्धताको पनि आज चर्चा गरिन्छ । बालबालिकाका लागि कार्यरत विश्वव्यापी संस्थाहरू, सरकारहरू, सद्भावना राजदूतहरू, मिडिया अनि तपाई हामी जस्ता थुप्रै सरोकारवालाहरू मिलेर विभिन्न तवरले आजको दिन मनाइन्छ । नेपालमा बालबालिकाका अधिकार र ममतालाई आत्मसात् गर्ने नेतृत्व छान्नेतर्फ हामी कत्तिको चनाखो छौ त ? यस्तै कुराहरूलाई समाहित गर्दै संसारभरि बालमैत्री संरचना र समाजको निर्माणका लागि 'से यस टु चिल्ड्रेन' अर्थात् 'बालबालिकालाई हुन्छ भनौँ' भन्ने अभियान पनि चलाइएको छ । संसारभरिका लगभग १० करोड बालबालिकाले आज यसै अभियानमार्फत विभिन्न तवरले आआफ्ना समाजबाट बाल अधिकारप्रति आफ्नो ऐक्यबद्धता जनाउँछन् । बालबालिकाको अधिकार र बालमैत्री वातावरणका लागि हामी सबै सँगै छौँ नि, हैन र ?