कचनकवल। राष्ट्रिय आई.पी.भी.खोप अभियान २०८१ सफल बनाउन स्वास्थ्य कार्यालय झापाको आयोजनामा एक दिवसीय पालिका स्तरीय शिक्षक अभिमुखीकरण गोष्ठी गरिएको छ।शिक्षक अभिमुखीकरण गोष्ठीको उद्घाटन कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीले गर्नुभएको थियो ।कचनकवल गाउँपालिका भित्रका सामुदायिक तथा सँस्थागत विद्यालयका प्रअको सहभागितामा गाउँपालिकाको सभा हलमा भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राज कुमार पोख्रेलले गर्दै कार्यक्रमको सञ्चालन महेश नेपालले गर्नुभएको थियोे ।

* पोलियो (Poliomyelitis) रोगको परिचय:

पोलियो (Poliomyelitis) रोग भनेको पोलिया भाइरसबाट लाग्ने एक प्रकारको संक्रामक रोग हो । यो रोग लागेका बच्चाहरुमा शरिरको कुनै पनि अङ्ग पक्षघात (Paralysis) गराउनुका साथै कहिले काँही यसले मृत्युसम्म गराउँछ । पोलियो रोगीको दिसामा यस रोगको भाइरस पाइने भएको हुनाले दुषित खाना र पानीको माध्यमबाट सर्दछ। पोलियो भाइरसले जुनसुकै उमेरका मानिसलाई संक्रमण गर्न सक्छ तर ५ वर्ष मुनिका बालबालिका बढी जोखिममा हुन्छन् ।

* नेपालमा पोलियो रोगको अवस्थाः

२०७० चैत्र १३ मा दक्षिणपूर्वी एशियाका सबै देशहरूमा पोलियोका विरामी शून्य अवस्थामा रहेको घोषणा गरिएको थियो तर अफगानीस्तान र पाकिस्तानमा पोलियोको नयाँ विरामीहरू देखा परिरहेको अवस्था छ । ती देशहरूबाट अन्य देशहरूमा पोलियो संक्रमण फैलिने जोखिम रहेको छ। सन् २०१० देखि नेपाल पोलियो शुन्य अवस्थामा छ । पोलियो मुक्त भएको प्रमाण पत्र नेपालले समेत(२७मार्च, २०१४) प्राप्त गर्यो । नियमित तथा अभियानको पोलियो खोपको उच्च कभरेज हासिल गर्दै आएको हुनाले यो सफलता प्राप्त गर्न नेपाल सक्षम रहेको हो ।

* पोलियो रोगको रोकथामः

पोलियो रोगको विरुद्ध उपलब्ध पोलियो खोप नै यस रोगबाट बच्ने एक मात्र सरल उपाय हो । पोलियो रोग विरुद्धका खोप दुई

प्रकारका छन्: १. मुखबाट खुवाईने २. सुईबाट लगाइने

* राष्ट्रिय आई.पी.भी खोप अभियानको परिचय :

राष्ट्रिय आई.पी. भी खोप अभियान देशव्यापीरुपमा जेष्ठ १३ गते देखि २६ गतेसम्म र झापा जिल्लामा जेष्ठ १६ गतेदेखि तोकिएका विधालयहरुमा पोलियोविरुद्धको सुईबाट लगाईने खोप लगाईदै छ । यस अभियानमा नियमित खोप कार्यक्रममा उक्त खोप छुट ,२०७३ बैशाख महिना देखि २०७५ असोज महिनासम्म जन्मिएका करिब ४५,६४८ बालबालिकाहरुमा पोलियो बिरुद्धको खोप (आई.पी.भी) लगाउने योजना रहेको छ । लक्षित समूहका बालबालिकालाई एक मात्राको आई.पी.भी खोप लगाएर पोलियो

रोगविरुद्धको प्रतिरोध विरुद्धको क्षमता कायम गर्नु नै यस अभियानको मुख्य लक्ष्य हो ।

* अभियानमा खोप पाईने स्थान:

झापा जिल्ला अन्तर्गतका पन्ध्र वटा स्थानीय तहका तोकिएका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा तालिम प्राप्त

स्वास्थ्यकर्मीहरुद्वारा यस खोप लगाइन्छ । विधालय बाहिर रहेका उक्त उमेर समूह्यका बालबालिकालाई पनि नजिकको खोप

केन्द्रमा लगि खोप लगाउन जानकारी गराउनु पर्दछ । यस अभियानमा खोप लगाईसकेपछि लक्षित समूहले अनिवार्य अभियान खोप कार्ड पाउने छन् जुन सुरक्षित रुपमा राख्नुपर्दछ । यस अभियान सम्बन्धी बिस्तृत जानकारी नजिकैको स्वास्थ्य संस्थाबाट पाउन

सकिने छ ।