कचनकवल । झापाको कचनकवल गाउँपालिका २ नम्बर वडाका कृषकहरुलाई ६० प्रतिशत वडा र ४० प्रतिशत कृषकको साझेदारीमा सिंचाई गर्ने मोटर र बोरिङ पाईप वितरण गरिएको छ ।
आज कचनकवल गाउँपालिकाको २ नम्बर वडामा आयोजित एक कार्यक्रमका विच कृषकहरुलाई २२ थान पानी तान्ने सिचाई मोटर र १६०० मिटर बोरिङ गर्ने पाईप प्रतिब्यक्ति १०० मिटरका दरले १७ जनालाई वितरण गरिएको हो ।
कचनकवल गाउँपालिका वडा नम्बर २ को बजेटबाट कचनकवल गाउँपालिका वडा समितिको निर्णय अनुसार ३,५०,००० मूल्य बराबरको सिचाइ सामाग्री वितरण गरिएको कचनकवल गाउँपालिका वडा २ अध्यक्ष लेखनाथ खत्रीले बताउनुभयो ।
कचनकवल गाउँपालिकाले विगतका बर्षमा पनि मोटर वितरण गर्दै आएको भएपनि गाउँपालिकाले यसपटक देखि समग्र कृषकको सिचाइ समस्याको दीर्घकालीन समाधानका लागि भुमिगत सिचाइ आयोजनाको आर्थिक सहयोगमा सम्पूर्ण वडामा १०० ओटा डिप बोरिङ गरी पालिकाला भित्रका वडाहरुमा सिचाइ सुविधा कृषकका सबै खेतमा पुर्याउने महत्वाकांक्षी लक्ष्यका साथ डिप बोरिङ गर्ने काम सञ्चालन गरिरहेको भएपनि थोरै जमिन भएका आर्थिक रुपमा बिपन्न परिवार लक्षित लागत साझेदारीमा मोटर बोरिङ कार्यक्रम समेत आफ्नो वडामा सञ्चालन गरिएको वडा प्रतिनिधि धन बहादुर गुरुङले बताउनुभयो ।
मोटर वितरण कार्यक्रममा वडाध्यक्ष लेखनाथ खत्री र वडा सदस्य धन बहादुर गुरुङले ३९ जनालाई सिचाइ मोटर र बोरिङ पाईप वितरण गरेका थिए ।