हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्गता बनाउने एउटा सरुवा रोग हो।हात्तीपाईले (फाईलेरिया) रोग मानिसलाई शारीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्गता गराउने सरुवा रोग हो।यो एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीको संक्रमणले गर्दा हुन्छ।यो रोग क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सार्दछ ।हात्तीपाईले गराउने परजीवी Wuchereria Bancrofti, Brugia Malayi , Brugia Timori गरी तीन प्रजातिका हुन्छन् तर नेपालमा Wuchereria Bancrofti प्रजाति मात्र पाईएको छ।
मानिसको शरीरमा यो परजीवि प्रवेश गरेको केही वर्षपछि मात्र यस रोगका असरहरु (जस्तै हात्तीपाईले र अण्डकोष सुन्निने) देखिने हुन्छ र यस रोगको लक्षण देखिसकेपछि निको पार्न सकिदैन।
धेरैजसो संक्रमण बिनाको हुन्छ, जसबाट समुदायका अन्य व्यक्तिहरुलाई समेत रोग सर्ने संभावना रहन्छ। त्यसैले हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि आम औषधि सेवन अभियान मार्फत प्रभावित जिल्लाका सबैले औषधि सेवन गर्न जरुरी छ। यस रोगका लक्षण तथा चिन्हहरु प्रायः लामो समयपछि मात्र देखा पर्दछ ।मानिसको शरीरमा यस रोगको परजीवी प्रबेश गरेको ८ देखि १६ महिनामा मात्र यस रोगको लक्षण देखिन्छ ।शुरुका अवस्था (Acute Manifestation) मा ज्वरो आउने, जाडो हुने, शरीरमा कम्पन आउने, लिम्फ नलीहरु सुन्निने, रातो हुने, हात गोडामा नीला काला धर्साहरु देखिने, शरीरमा भएका गिर्खाहरुको आकार बढ्ने, दुख्ने, पुरुषको अण्डकोष वरपरका नसाहरु सुन्निने, दुख्ने, अण्डकोष सुन्निने, दुख्ने जस्ता लक्षण चिन्हहरु देखिन्छ ।शुरुका अवस्थामा औषधि उपचार गरेमा यो रोग पूर्ण रुपमा निको हुन्छ ।तर समयमा उपचार नपाएमा संक्रमण भएको १०–१५ वर्षमा यस रोगको दीर्घकालीन असरहरु देखिन्छ जस्तैः खुट्टा फुलेर हात्तीको जस्तो खुट्टा हुने, हात फुल्ने, पुरुषमा हाईड्रोसिल हुने, महिलाको स्तन र योनाङ्ग सुन्निने आदि ।यी समस्याहरु पूर्ण रुपमा स्थायी प्रकृतिको हुन्छ अर्थात कहिल्यै निको नहुने प्रकृतिको हुन्छ र यसले मानिसलाई कुरुप, अशक्त र अपाङ्गता गराउँदछ। ।त्यसैले नेपाल सरकारले कुनै पनि नेपाली नागरिक यस रोगको शिकार भई अशक्त, अपाङ्ग र कुरुप हुनु नपरोस् भन्ने उद्धेश्यले सन् २००३ देखि हरेक वर्ष हात्तीपाईले प्रभावित जिल्लाहरुमा यस रोगबिरुद्धको आम औषधि खुवाउने ( Mass Drug Administration–MDA) अभियान संचालन गरिरहेको छ।
हात्तीपाईले रोगबिरुद्धको आम औषधि खुवाउने अभियान (MDA) कस्तो अभियान हो?
नेपाल सरकारले सन् २०२० सम्ममा हात्तीपाईले रोगलाई निवारण गर्ने उद्धेश्यले सन् २००३ मा पर्सा जिल्लाबाट हात्तीपाईले रोगबिरुद्धको औषधि खुवाउने अभियान शुरुवात गरेको थियो।जुन पछि गएर सबै प्रभावित जिल्ला अर्थात् ६४ जिल्लामा यस अभियानलाई बिस्तार गरियो।सन् २०२० मा हात्तीपाईले निवारण संभव नभएपछि दिगो विकास लक्ष्यसँग मेल खाने गरी हाल सन् २०३० सम्ममा यस रोगलाई निवारण गर्ने राष्ट्रिय लक्ष्य तय गरिएको छ।
१. हात्तीपाइले रोगको परजीविबाट मुक्त हुन के गर्ने ?
सरकारले रोग प्रभावित जिल्लाहरुमा सञ्चालन गर्ने वार्षिक आम औषधि सेवन कार्यक्रममा गई, वर्षको एक पटक आम औषधि सेवन कार्यक्रम आफ्नो जिल्लामा सञ्चालनमा रहेसम्म लगातार हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्ने र अरुलाई पनि गराउने।
२. यो रोगबाट बच्न कस्तो औषधि सेवन गर्ने र यसले के गर्छ ?
यो रोगबाट बच्न विश्वभर र नेपालमा धेरै वर्षदेखि प्रयोग हुँदै आइरहेको र सुरक्षित औषधिहरु प्रयोग हुन्छन्। यी औषधिहरुले हात्तीपाइले रोग लागिसकेकाहरुको उपचार हुनका साथै रोग लाग्नबाट पनि बचाउँछ।
३. यो औषधिको सेवनले हात्तीपाइले रोग नलागेहरुकालाई कसरी फाइदा गर्छ ?पहिलो कुरा हात्तीपाइले रोगका लक्षणहरु नदेखिएपनि रोगका परजीविहरु शरीरमा हुन सक्छन्। औषधि अहिले खायो भने ती परजीविहरु मर्छन्। र, भविष्यमा रोग देखिदैन। दोस्रो कुरा औषधि सेवनका कारण तपाईको शरीरमा भएका हात्तीपाइलेका परजीविहरु अरु स्वस्थ मानिसको शरीरमा सर्दैनन्। तेस्रो कुरा समुदायमा कोही व्यक्तिमा रोगका परजीििवहरु छन् र उनीहरुले औषसि सेवन गरेमा लामखुट्टेले टोकेता पनि शरीरमा ती परजीविहरु ती व्यक्तिबाट सार्न सक्दैनन्।
४. यो औषधि कसले खान मिल्छ कसले मिल्दैन ?
यस कार्यक्रम सञ्चालन हुने जिल्लाहरुमा यो औषधि खान योग्य सबैले खानुपर्छ। दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले यो औषधि खानु हुँदैन। सिकिस्त बिरामीहरु भन्नाले रोगका कारण ओछ्यानमा परेका बिरामी, अस्पताल भर्ना भएका बिरामीहरु र मिर्गौला रोगको लागि डायलाइसिस जस्ता जीवनभर चिकित्सकीय उपचार सहायतामा बसेका बिरामीहरु हुन्।
५. यो रोग विरुद्धको औषधि कसले दिन्छ ?
आम औषधि सेवन कार्यक्रम लागू भएका जिल्लाहरुमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले तपाईको घर नजिकैको बुथमा / विद्यालयमा तथा घरभेटमा औषधि खुवाउँछन्।
६. यो औषधि कहिले खाने ?
यही आउँदो २०८१ बैशाख महिनाको १६ गतेदेखि ३० गतेसम्म ।
७. यो औषधि सेवन गर्दा ध्यान दिनुपर्ने कुराहरु के हुन् ?
यो औषधि खाली पेटमा खानु हुँदैन। शरीरमा हात्तीपाइले रोगको परजीवि भएका व्यक्तिहरुमा यो औषधि सेवन गरेपछि सामान्य टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुन सक्छ। त्यसो भएमा औषधिले प्रभावकारी रुपमा काम गर्दैछ भन्ने बुझ्नुपर्छ। ती लक्षणहरु केही घण्टामा आफैँ हराएर जान्छन्। केही गरी लक्षणहरु लामो समयसम्म रहिरहे नजिकको स्वास्थ्य संस्थामा सल्लाह र उपचारका लागि सम्पर्क गर्नुपर्छ।