झापा। प्रथम झापा जिल्ला अन्तरपालिकास्तरीय पुरुष टि-20 क्रिकेट प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिकाले जितेको छ ।

बुधबारेमा हिजो सम्पन्न फाइनल खेलमा कचनकवल गाउँपालिकामाथि जित निकाल्दै बिर्तामोड च्याम्पियन बनेको हो ।

फाइनलमा बिर्तामोडले कचनकवलमाथि ११९ रनको फराकिलो जित निकालेको थियो । क्रिकेटमा केही दिनबाट उदाउँदै गरेको कचनकवललाई लामो समयबाट क्रिकेट र खेलाडीमा गतिलो लगानी गरिरहेको बिर्तामोडले कचनकवलको कमजोर ब्याटिङ र बलिङको फाइदा उठाउँदै बिर्तामोड प्रतियोगिताको बिजेता बन्यो ।

टस जितेर पहिले ब्याटिङ रोजेको बिर्तामोडले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । बिर्तामोडका लागि दिपु भुजेलले ५४ रन बनाए । कचनकवलका विक्रम माझीले २ विकेट लिएका थिए ।

१९७ रनको लक्ष्य पछ्याएको कचनकवल १४ ओभरमा अलआउट भयो । ७७ रन जोड्न सकेको कचनकवलका अनिल लामिछानेले १६ रन बनाएका थिए ।

बिर्तामोडका रोहित राजवंशीले २ विकेट र विशाल आचार्यले ३ विकेट लिए । ५४ रन बनाएका दिपु भुजेल फाइनल खेलको प्लेयर अफ दि म्याच भए ।

यसबीच, प्रतियोगिताको उत्कृष्ट विकेट किपर कनकाई नगरपालिकाका प्रनिस बिमली, उत्कृष्ट फिल्डर बुद्धशान्ति गाउँपालिकाका रिजन आङदेम्बे, उत्कृष्ट बलर बिर्तामोडका रोहित राजवंशी, उत्कृष्ट ब्याट्सम्यान बिर्तामोडका सिवान्स बजगाईं भए ।इमर्जिङ प्लेयर बिर्तामोडका दिपु भुजेल घोषित भए भने सर्वोत्कृष्ट खेलाडी कचनकवलका टिम क्याप्टेन अनिल लामिछाने भए । Screenshot_2024-02-25-08-06-45-242_com.miui.gallery-editझापा गाउँपालिकाले फेयर प्ले अवार्ड प्राप्त गर्न सफल भयो ।

उपाधिसँगै बिर्तामोडले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता कचनकवलले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पायो ।

बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा भएको प्रतियोगिताका विधागत खेलाडीलाई नगद ५ हजार र सवोत्कृष्ट खेलाडीले १० हजार पुरस्कार पाए ।

विजेता तथा उपविजेतलाई प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईं, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं, भद्रपुर झापा गोल्ड कपका अध्यक्ष दिपेश ढकाललगायतले पुरस्कार वितरण गरेका थिए ।