भद्रपुर / भद्रपुर-१ सोमवारे खेल मैदानमा खुला क्लब स्तरिय भेट्रान फुटबल प्रतियोगिताको फाईनल खेलमा हिमाली फुटबल क्लब विजयी भएको छ ।शनिवार पृथ्वीनगर स्थित शान्ति आधारभूत सोमवारे स्कुलको खेल मैदानमा भएको फाईनल खेलमा हिमाली युनाइटेड भेट्रान फुटबल क्लब विजयी भएको हो ।

नाईटिङ्गल खेलकुद सहकारी सँस्था र नाईटिङ्गल क्लबको आयोजनामा भएको क्लब स्तरीय भेट्रान फुटबल प्रतियोगिता फाईनल खेलमा हिमाली युनाईटेड भेट्रान फुटबल क्लबले श्रीजङ्गा स्पोर्टिङ भेट्रान फुटबल क्लबलाई ६ गोल अन्तरले पराजित पार्दै उपाधी आफ्नो पोल्टामा पार्न सफल भएका हुन् ।

Screenshot_2024-01-20-18-02-10-259_com.facebook.orca-editहिमाली युनाईटेड फुटबल क्लबका सन्तोष राई ,अँकुर खड्गी र हरि लाबुङले खेलको पहिलो र दोस्रो हाफको समयमा ६ गोल गर्दै टिमलाई सशक्त बनाएका थिए।हिमाली युनाईटेड क्लबका टिम क्याप्टेन कुमार सुब्बा दोस्रो हाफको २२औँ मिनेटमा बाहिरिए पछि सुब्बाको सट्टामा क्लबका स्पातिला राईजिङ खेलाडी हरि बस्नेत (चट्याङ) भित्रिएपनि गोलपोस्ट अगाडि दुईपटक पाएको फ्री गोलगर्ने अवसरलाई बस्नेतले सोझै पोल बाहिर प्रहार गरेका थिए।

Screenshot_2024-01-20-17-06-46-645_com.miui.gallery-editदोस्रो हाफको अन्तिम समयमा श्रीजङ्गा स्पोर्टिङ क्लबका मान बहादुर लिम्बूले १ गोलगर्दै खाता खोलेका थिए।निर्धारित समयसम्मको खेलमा हिमाली युनाईटेड भेट्रान क्लबले १ गोलका बिरुद्ध ६ गोल गर्दै फाईनल बिजेता बनेको हो।

विजेता हिमाली युनाईटेड फुटबल क्लवले उपाधी सँगै नगद २० हजार रुपैया ,ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपबिजेता श्रीजङ्गा फुटबल क्लबले नगद १० हजार रुपैया ,ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको म्यान अफ द म्याच हिमाली युनाईटेडका सन्तोष राई ,म्यान अफ द सिरिज हिमालीका रुपक गुरुङ घोषित भए।

बिजेता तथा उपबिजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा भद्रपुर नगरपालिका मेयर गणेश पोख्रेल ,नाईटिङ्गल क्लबका अध्यक्ष विजय राई ,वडाध्यक्ष राम प्रसाद अधिकारी ,वडाध्यक्ष राम बहादुर कँडेल ,समाजसेवी शिव कुमार राजभण्डारी,वडासदस्य डिल्ली फुरुम्बु लगायत अतिथिले मायाको चिनो र पुरस्कार बितरण गरेका थिए ।