बनियानी,कार्तिक २४। नौलो भबिष्य साना किसान कृषि सहकारी सँस्था लि. बनियानीको दशौँ बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ।दक्षिणी झापाको कचनकवल गाउँपालिका भित्र रहेका कृषकहरुका लागि बरदान साबित नौलो भबिष्य साना किसान कृषि सहकारी सँस्थाले स्थापनाकाल देखि निरन्तर रुपमा कृषकलाई सेवा पुर्याईरहेको छ।


नौलो भबिष्य साना किसान कृषि सहकारी सँस्थाको १०औँ बार्षिक साधारण सभालाई नेकपा एमालेका नेता तथा निवर्तमान प्रदेश सभा सदस्य बसन्त कुमार बानियाँले ब्यानर वाचन गर्दै मैनबत्ती बालेर कार्यक्रम उद्घाटन गरेको कार्यक्रममा संस्थाको अध्यक्ष रविचन्द्र ओझाले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेकाछन्।


लेखा समितिका सँयोजक ओम प्रकाश खतिवडाले ३५ लाख ७ हजार ४ सय सेयर सँस्थामा रहेको बताउँदै उनले कचनकवल-६ र साबिक पाठामारी-५ आ.ब.२०७९/८० मा १४८ समुहमा ८७४ घरपरिवार शेयर सदस्यहरु बीच कारोवार रहेको बताउँदै संस्थाले हालसम्म गरेका गतिविधि तथा भावी कार्य योजनाका बारेमा प्रकाश पारेका थिए। 


उक्त कार्यक्रममा असल ऋणितर्फ गोपाल निरौला,लैलुन खातुन र देउमाया मुखियालाई सम्मान गरिएको थियोे । असल बचतकर्ता टँकदेवी भट्टराई ,विजय प्रसाद शाह र योगेश रिमाललाई सम्मान गरिएको थियोे । अन्तर समूह बचततर्फ १,५ र ६ नम्बर समुहलाई सम्मान गरिएको थियोे । समुह बचत तर्फ २०,४३ र ३४ नम्बर समुहलाई सम्मान गरिएको थियोे । लघु उध्यम कर्जा लिई कृषि उध्यम गर्ने उध्यमी कमला खत्री ,सुरजवती राजवँशी र मुना सिटौलालाई सम्मान गरिएको थियोे ।


रविचन्द्र ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बसन्त कुमार बानियाँ,कचनकवल-६ वडाध्यक्ष चिन्तामणि खरेल,साना किसान कृषि सहकारी संस्था पृथ्वीनगरका क्यानेन्द्र सुब्बा,ईलाका प्रहरी कार्यालय बनियानीका प्रहरी नायव निरीक्षक दिवस कुमार कार्की लगायत अन्यको आतिथ्यता रहेको थियोे ।


 १०औँ बार्षिक साधारण सभा कार्यक्रममा शुभकामना मन्तब्य राख्ने क्रममा साना किसान पृथ्वीनगरका प्रबन्धक क्यानेन्द्र सुब्बा लगायतले शुभकामना मन्तब्य राखेका थिए । नौलो भबिष्य साना किसान कृषि सहकारी बनियानीकी प्रबन्धक भागीरथा प्याकुरेलले संचालन गरेको कार्यक्रममा स्वागत मन्तब्य सहकारीकी उपाध्यक्ष अम्बिका भेटवालले राखेकी थिइन् ।