हल्दिबारी, २६ असोज । हल्दिबारी गाउँपालिका वडा नं. ४, बडाबारी बजार नजिकै हुलाकी राजमार्गमा रहेको रोहिणी पेट्रोल पम्प उद्घाटन भएसँगै सञ्चालनमा आएको छ ।
पेट्रोल पम्प सञ्चालनमा आएसँगै हुलाकी राजमार्ग भएर गुड्ने यातायातका साधन मात्रैलाई नभई हल्दिवारीका नागरिकलाई समेत सहज हुने भएको छ । रोहिणी पेट्रोल पम्प सञ्चालनका लागि चार जना सञ्चालकले लगानी गर्नु भएको छ ।
सञ्चालकहरु मध्ये कचनकवल गाउँपालिका-४ का जयनारायण यादव र सोही गाउँपालिका-६ का अजिम आलम र दिल बहादुर कार्की रहनु भएको छ भने एक जना सञ्चालक हल्दिबारीका जय प्रसाद पोखरेलको सँयुक्त लगानीमा आजबाट रोहिणी पेट्रोल पम्प सञ्चालनमा आएको हो ।
नेपाल सरकार नेपाल आयल निगमको सम्पूर्ण मापदण्ड अनुरुप एक बिघा क्षेत्रफल भित्र शौचालय ,चमेना गृह,एटि.एम. सेवा,वर्कसप र पार्किङ सेवा रहेको छ । पम्प सञ्चालनको अनुमति प्राप्त भएसँगै सम्पूर्ण ब्यवस्थापन सकेर आजबाट विधिवत रुपमा पम्प सञ्चालनमा ल्याईएको दिल बहादुर कार्कीले जानकारी दिनुभयो ।
विधिवत रुपमा पुजा आजा गरि रोहिणी पेट्रोल पम्पको उद्घा टन गरिएपनि आजबाट औपचारिक रुपमा सर्वसाधारणहरुले समेत २४ घण्टा सेवा लिन सकिने अजिम आलमले बताउँदै आगामी दिनमा डिजल,पेट्रोलका लागि उपभोक्ताले भद्रपुर, विर्तामोड, राजगढ र गोलधाप जानु पर्ने बाध्यताको अन्त्य भएको बताउनु भयो ।