२०८० असार ३/कचनकवल । झापाको कचनकवल गाउँपालिका-५ (डागावारी)का किसान महमद गणेशले लगाएको करिब ५ बिघाहा क्षेत्रफलमा लगाएको कोलाका बोट नष्ट भएको छ । गत आइतबार बिहान आएको हावाहुरीका कारण कचनकवल-५ र ४ नम्बर वडाका २४ किसान परिवारले लगाएको ५० देखी ६० प्रतिशत कोलाका बोटहरू नष्ट भएको कचनकवल गाउँपालिका कृषि शाखा प्रमुख संगम सापकोटाले जानकारी दिए पनि महमदको खेतीमा अहिलेसम्म कोही आईनपुगेको गणेशले बताए। 

किसानले आउँदै गरेको चाडबाडलाई लक्षित गरेर लगाएको कोला पूर्ण रूपले क्षति भएको स्थलगत निरीक्षण क्रममा देखिएको उनको भनाई छ । कचनकवल गाउँपालिका  ५ (डागावारी) का महमद गणेशका अनुसार बगानमा लगाईएको ६० प्रतिशत कोलाका बोटहरू नष्ट हुँदा ठुलो नोक्सानी भएको भएपनि हालसम्म स्थानीय सरकारले कुनै क्षतिबारे चासो नदेखाएको बताएकाछन। उनी जस्तै कचनकवल ४ का मनोज गणेश,सत्यनारायण गणेश, धर्मेन्द्र यादव, जितलाल गणेश र सतलाल गणेश लगायत २४ किसान परिवारले सहकारी तथा बैङ्कको ऋणमा लगाएको कोला क्षति हुँदा  घरको न घाटको भएको बताउँछन् ।

अहिलेको अवस्थामा उनीहरूको लागत खर्च मात्रै दुई सय पचास पुगिसकेको छ भने प्रति केराका घरी ४०० देखी ५०० सम्ममा बिक्री हुँदै आएको उनीहरूको भनाई छ । किसानहरूका अनुसार करिब ५० लाखको नोक्सानी भएको छ । उनीहरूले स्थानीय सरकार तथा केन्द्र सरकाबाट राहतको अपेक्षा समेत गरेकाछन । कृषकहरूलाई कृषि बिमा सम्बन्धी जानकारी नहुँदा ठुलो नोक्सानी बेहोर्नु परेको छ ।