काठमाडौं - २५औँ सशस्त्र प्रहरी दिवस-२०८२ (रजत महोत्सव) को अवसरमा सशस्त्र प्रहरी बल नेपालका संगठन प्रमुख राजु अर्याल द्वारा प्रदान गरिएको APF IG Commendation प्राप्त हुनु एक सशस्त्र प्रहरी सदस्यका लागि गौरवपूर्ण क्षण बनेको छ।

उक्त सम्मानले संगठनभित्रको उत्कृष्ट कार्यसम्पादन, अनुशासन र समर्पणप्रतिको उच्च मूल्यांकन झल्काएको छ। प्राप्तकर्ताले यसलाई केवल सम्मान मात्र नभई आगामी दिनमा अझ बढी व्यावसायिक निष्ठा, इमान्दारिता र कर्तव्यपरायणतासहित जिम्मेवारी निर्वाह गर्ने प्रेरणाका रूपमा लिएका छन्।

FB_IMG_1775800080141

लामो समयदेखि अपेक्षा गरिएको यस उपलब्धिले विगतमा विभिन्न इकाइमा कार्यरत रहँदा प्राप्त कदरपत्र तथा प्रशंसापत्रहरूको निरन्तरतासमेत प्रतिनिधित्व गरेको छ। साथै, विभिन्न चरणमा मार्गदर्शन र प्रोत्साहन प्रदान गर्ने वरिष्ठ अधिकारीहरूप्रति कृतज्ञता व्यक्त गरिएको छ।

FB_IMG_1775800076472

सम्मान प्राप्तकर्ताले संगठन प्रमुख राजु अर्याल प्रति विशेष आभार प्रकट गर्दै यस किसिमको कदरले संगठनभित्र कार्यरत सदस्यहरूलाई अझ समर्पित र उत्तरदायी बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरेकाछन्।