बनियानी (झापा) - कचनकवल गाउँपालिका वडा नम्बर ६ (बनियान), कमलवस्ती निवासी मित्रलाल खनाललाई पितृशोक परेको छ। उहाँका पिता ९० वर्षीय खगेश्वर खनालको आज निधन भएको हो।
लामो समय शिक्षण पेशामा समर्पित रही सेवा निवृत्त जीवन बिताइरहनु भएका मित्रलाल खनाल खगेश्वर खनालका माईला छोरा हुनुहुन्छ। स्वर्गीय खनालका तीन छोरा र एक छोरी रहेका छन्। जेठा छोरा रामप्रसाद खनाल, माईला छोरा मित्रलाल खनाल, कान्छा छोरा नन्दुलाल खनाल तथा छोरी दुर्गा खनाल (तिम्सिना) रहनु भएको परिवार स्रोतले जनाएको छ।
स्वर्गीय खगेश्वर खनालको आजै दिउँसो धार्मिक परम्पराअनुसार मेची नदी आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ। उहाँको निधनप्रति परिवारजन, आफन्त, शुभेच्छुक तथा स्थानीय समुदायका साथै काजी खबर परिवार गहिरो दुःख व्यक्त गर्दछ।




















