झापा । लोकतन्त्र पोस्टले विभिन्न क्षेत्रबाट उदाएका पौरखी जेनजी (Gen-Z) युवाहरूलाई सम्मान गर्दै सिर्जनशीलता, नवप्रवर्तन, साहस र समाजप्रतिको उत्तरदायित्वलाई उजागर गरेको छ। हिजो आयोजित कार्यक्रममा कला, खेल, चिकित्सा, वातावरण, प्रविधि, उद्यम, सञ्चार, अध्यात्म तथा साहसिक क्षेत्रमा उल्लेखनीय योगदान दिएका १५ जना युवालाई विशेष सम्मान प्रदान गरिएको हो।

FB_IMG_1769404535654

सम्मानित हुनेहरूमा विर्तामोड-१ की स्वेता बुढाथोकी डिजिटल दुनियाँमा सक्रिय कन्टेन्ट क्रिएटर तथा ‘कता खाने’ नामक लोकप्रिय फुड भ्लगर हुन्।

FB_IMG_1769404533147 बुद्धशान्ति-३ का कृपेश कार्की ४०० भन्दा बढी सर्पको उद्धार गर्दै बन्यजन्तु संरक्षणमा समर्पित छन् भने नेपालमै पहिलोपटक दुर्लभ क्यान्टर्स कुक्री सर्प फेला पारेर उदाहरणीय योगदान दिएका छन्।

FB_IMG_1769404530833

खेलकुदतर्फ शिवसताक्षी-८ की १५ वर्षीया कृपा चापागाई अन्तर्राष्ट्रिय कराते च्याम्पियन बनेकी छन्।

FB_IMG_1769404528517गौरादह-१ का डा. सीआर (चेवन) कार्की चिकित्सा क्षेत्रमा नवीन अभ्यास र संस्थागत नेतृत्वका लागि परिचित छन्।

FB_IMG_1769404526078संगीत क्षेत्रमा भद्रपुर-९ की रचना रिमाल ले २३ वर्षकै उमेरमा २००० भन्दा बढी गीतमा स्वर दिँदै कीर्तिमान बनाएकी छन्।

FB_IMG_1769404523523

नवप्रवर्तनको क्षेत्रमा बुद्धशान्ति-१ का सबिन बाँस्कोटा (कक्षा १२ अध्ययनरत) ले विमानदेखि सेन्सर धारा र विद्युतीय बाइकसम्मका आविष्कार प्रस्तुत गरेका छन्।

FB_IMG_1769404521351 दमकका अशोक दर्जी सडकबाट सिनेमासम्मको यात्रामा प्रेरणाको कथा बनेका छन्।

FB_IMG_1769404518928 उद्यमशीलतामा विर्तामोड-१ की कृपा ढकाल ले गणपति बेकरीमार्फत ५० जनालाई रोजगारी सिर्जना गर्दै महिला सशक्तीकरणमा योगदान दिएकी छन्।

FB_IMG_1769404516415

धार्मिक-दार्शनिक क्षेत्रमा मेचीनगर-१३ का हरिकृष्ण भण्डारी युवा पुराण बाचक र सञ्चारकर्मीका रूपमा परिचित छन्।

FB_IMG_1769404513163 साहसिक पर्यटनतर्फ मेचीनगर-१५ का जयराम दाहाल ले ८ हजार मिटर माथिका हिमाली चुचुरोहरू पटक-पटक आरोहण गर्दै सगरमाथा यात्राको लक्ष्य राखेका छन्।

FB_IMG_1769404510525

खेलकुदमा शिवसताक्षी-११ का अनन्त तामाङ राष्ट्रिय फुटबल टोलीका अनुभवी डिफेन्डर हुन् ।

FB_IMG_1769404505071 भद्रपुर-८ का अंकित सुबेदी कोशी प्रदेश क्रिकेट टोलीका कप्तानका रूपमा ‘रन मेसिन’ नामले चिनिन्छन्।

FB_IMG_1769404507901 वातावरणीय आन्दोलनमा तनुजा पाण्डे अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु आवाज बनेकी छन्।

FB_IMG_1769404501364

प्रविधिमा राहुल बिष्ट, तेज मगर र उत्सव दाहाल ले विकास गरेको ‘वाइफाइ थिप डिटेक्टर’ एप इजरायली कम्पनीले खरिद गरेको उपलब्धिले नेपाली युवाको क्षमता अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गरेको छ।

FB_IMG_1769404498452 कला तथा सौन्दर्य क्षेत्रमा बाह्रदशी-६ की मनिषा राजबंशी ले थाइल्यान्डमा आयोजित हेरिटेज पेटाइट युनिभर्स २०२४ को उपाधि जितेकी छन्।

लोकतन्त्र पोस्टका अनुसार यी युवा केवल व्यक्तिगत सफलताका प्रतीक मात्र होइनन्, समाज रूपान्तरणका सम्भावना बोकेका प्रेरणादायी नेतृत्व हुन्। जेनजी पुस्ताले नेपाललाई सिर्जनशील, नवप्रवर्तनमुखी र उत्तरदायी भविष्यतर्फ डोर्याउने विश्वास कार्यक्रमले व्यक्त गरेको छ।