झापा । कचनकवल गाउँपालिका-६ स्थित लक्ष्मी माध्यमिक विद्यालय, बनियानीमा अध्ययनरत दुई जना विद्यार्थीलाई “लिलाहरि उत्कृष्ट छात्रवृत्ति” अन्तर्गत जनही रु. १०,१०१/- नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको छ। सरस्वती पूजाको अवसरमा विद्यालयद्वारा आयोजित विशेष कार्यक्रममा छात्रवृत्ति वितरण गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवँशी, विशिष्ट अतिथि नवराज भट्टराई, वडाध्यक्ष चिन्तामणि खरेल लगायत समाजसेवी, राजनीतिकर्मी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
विद्यालयमा रु. ३,००,०००/- बराबरको अक्षयकोष स्थापना गरिएको छ। उक्त अक्षयकोषबाट प्राप्त ब्याज रकमका आधारमा हरेक वर्ष सरस्वती पूजाको अवसरमा कक्षा ८ को आधारभूत तह परीक्षामा उत्कृष्ट GPA हासिल गरी कक्षा ९ मा यसै विद्यालयमा अध्ययनरत एक जना विद्यार्थी तथा कक्षा १० को SEE परीक्षामा उत्कृष्ट GPA प्राप्त गरी कक्षा ११ मा अध्ययनरत एक जना विद्यार्थीलाई छात्रवृत्तिबाट सम्मान गर्ने व्यवस्था गरिएको विद्यालयले जनाएको छ।
अक्षयकोष स्थापना गर्ने दाता विराटनगर निवासी तथा यसै विद्यालयकी पूर्व छात्रा श्रीमती कल्पना तिम्सिना (अधिकारी) रहनुभएको छ। यस वर्ष छात्रवृत्तिबाट पुरस्कृत हुने विद्यार्थीहरूमा कक्षा ८ आधारभूत तह परीक्षा २०८१ मा उत्कृष्ट GPA प्राप्त गर्ने शिला राजवँशी र SEE २०८१ मा उत्कृष्ट GPA हासिल गर्ने स्मृति सिटौला रहेका छन्।
विद्यालय प्रशासनका अनुसार यस प्रकारको छात्रवृत्तिले विद्यार्थीहरूमा शैक्षिक प्रतिस्पर्धा, अनुशासन र उत्कृष्टता हासिल गर्ने प्रेरणा थपिएको छ। विद्यालय परिवारले शिक्षामा लगानी गर्दै भावी पुस्ताको उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्याएको भन्दै दाताप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको




















