कचनकवल गाउँपालिकाका कार्यालय सहयोगी वसन्त गणेशको निधन भएको छ। वडा-५ (डागावारी) निवासी गणेश केही समयदेखि रोगका कारण नियमित उपचाररत रहेका थिए। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँले ज्यान गुमाएको परिवारजनले पुष्टि गरेका छन्।

दिवंगत गणेशको योगदानको कदर गर्दै कचनकवल गाउँपालिकाको कार्यालय मात्रै आज आधा दिन शोक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाका अनुसार गणेशका सहकर्मी तथा स्थानीयबासीले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्न सकून् भन्ने उद्देश्यले शोक बिदा प्रदान गरिएको हो।

स्थानीय स्रोतका अनुसार अन्त्येष्टि आज बिहान ११ बजे मेची नदीतटमा सम्पन्न गरिने भएको छ। मिलनसार स्वभाव, समर्पित कार्यशैली र जिम्मेवार कर्मचारीका रूपमा परिचित वसन्त गणेशको असामयिक निधनले कचनकवल समुदाय शोकमग्न बनेको छ।CamScanner 17-11-2025 11.36