झापा । कचनकवल गाउँपालिका-२ (नयाँ बजार) निवासी पथरिया माध्यमिक विद्यालयका शिक्षक प्रदीप ढुङ्गानाका पिता रामप्रसाद ढुङ्गानाको ७३ वर्षको उमेरमा निधन भएको छ।
स्वर्गीय ढुङ्गानाको उपचारक्रममा हिजो दिउँसो १२:४५ बजे बिएण्डसी अस्पतालमा देहावसान भएको परिवार स्रोतले जनाएको छ। लामो समयदेखि स्वास्थ्य समस्या भोग्दै आएका उहाँ शिक्षित, विनम्र र समाजसेवी स्वभावका व्यक्तित्वका रूपमा परिचित रहनुभएको थियो।
स्वर्गीय ढुङ्गानाका दुई छोरा प्रकाश र प्रदीप ढुङ्गाना, एक छोरी गीता ढुङ्गाना (न्यौपाने) तथा दुई बुहारी टीका र मेनुका ढुङ्गाना रहेका छन्। उहाँको अन्त्येष्टि आज स्थानीय अमलखुट्टा स्थित अमरावती आर्यघाटमा हिन्दु संस्कारअनुसार सम्पन्न गरिने बताइएको छ।
उहाँको असामयिक निधनप्रति पथरिया माध्यमिक विद्यालय परिवार, स्थानीय समुदाय तथा सहकर्मी शिक्षकमण्डलले गहिरो शोक व्यक्त गर्दै आत्माको चिरशान्तिको कामना गरेका छन्।




















