झापा, असोज १५ । नेकपा (माओवादी केन्द्र) कचनकवल गाउँ कमिटी निवर्तमान इञ्चार्ज तथा प्रदेश कमिटी सदस्य पञ्चानन राजवँशीकी आमा पार्वती राजवँशीको निधन भएको छ।

८५ वर्षीया पार्वती राजवँशीको आज बिहान २ बजे आफ्नै निवास कचनकवल-४, फेर्कागाछीमा देहावसान भएको पारिवारिक स्रोतले जनाएको छ।

मृतकको अन्त्येष्टि आजै दिउँसो १२ बजे स्थानीय अमलखुट्टामा गरिने भएको छ।

स्वर्गीय राजवँशीका दुई छोरा रहेका छन्-पञ्चानन र राजकुमार दुवै पेशाले शिक्षक हुन्। यस्तै, एक छोरी हेमवती पनि रहेकी छन्।