बनियानी । कचनकवल गाउँपालिकाले मुस्लिम समुदायका धर्म प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १५०० औं जन्म जयन्तीको अवसरमा अवसरमा भदौ २० गते शुक्रबार स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष स्तरीय निर्णयअनुसार मुस्लिम धर्मावलम्बीका एक दिनको विदा घोषणा गरिएको हो ।


यस निर्णयअनुसार गाउँपालिका मातहतका अत्यावश्यक सेवा बाहेकका अन्य सम्पूर्ण सरकारी कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयहरु भदौ २० गते बन्द रहनेछन् ।
गाउँपालिका परिवारले पैगम्बर हजरत मोहम्मदको १५०० औं जन्म जयन्तीको अवसरमा देश-विदेशमा रहनुभएका कचनकवलवासी मुस्लिम समुदायलाई हार्दिक शुभकामना व्यक्त गरेको छ ।