झापा, बालुवाडी - कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ लाई ‘गर्वको वर्ष’ घोषणा गर्दै स्थानीय पूर्वाधार विकासमा महत्वपूर्ण कदम चालेको छ। यसै क्रममा, गाउँपालिकाको वडा नं. ७ मा पर्ने नेत्र मार्गस्थित जयकृषि फर्म बाट पुर्व सहिद सुनिल राजवँशी प्रतिष्ठान जोड्ने सडकको कालोपत्रे निर्माणका लागि २ करोड रुपैयाँको लागत अनुमानमा ठेक्का प्रक्रियाका लागि सर्भे सम्पन्न गरेको छ।


सडकको प्रारम्भिक सर्भे कार्य आजबाट पूरा भइसकेको र आउँदो कार्तिक महिनाबाट निर्माण कार्य औपचारिक रूपमा सुरु हुने कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिँदै भन्नुभयो :
"गाउँपालिकाको गौरवशाली योजनाअन्तर्गत नेत्र मार्ग स्थित जयकृषि फर्मबाट बालुवाडी पुरानो बजारसम्मको यो सडक खण्ड कालोपत्रे गरिँदा आवागमनमा मात्र नभई, स्थानीय व्यापार, कृषिजन्य ढुवानीमा समेत उल्लेखनीय सुधार आउनेछ। पालिकाले गुणस्तरमा कुनै सम्झौता नगरी पूर्ण रूपमा ‘Asphalt’ प्रविधिमा सडक निर्माण गरिनेछ।"
जयकृषि फर्मदेखि बालुवाडी पुरानो बजारसम्म बन्ने कालोपत्रे सडकले विगत लामो समयदेखि उपेक्षित पूर्वाधार समस्यालाई सम्बोधन गर्दै अब स्थायी समाधान दिलाउने अपेक्षा गरिएको छ।
स्थानीय तहको सक्रिय पहल र रणनीतिक योजना अन्तर्गत 'गर्वको वर्ष' अभियानमार्फत विकासको गतिलाई तिव्रता दिन गाउँपालिकाले अन्य वडामा समेत यस्ता योजनाहरू अघि बढाई रहेको छ।