इरानले इजरायलमाथि आक्रमण रोक्ने प्रतिबद्धता जनाएपछि इजरायल युद्धविराममा सहमत भएको छ। यो जानकारी अमेरिकाको ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले सीएनएनलाई दिएका हुन्। अधिकारीका अनुसार इरानले सम्झौताको शर्तहरू स्वीकार गरिसकेको छ।


सम्झौताको महत्वपूर्ण पक्ष अमेरिकाको मध्यस्थता रहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग प्रत्यक्ष संवाद गरेका थिए। साथै, उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री एवं राष्ट्रिय सुरक्षा सल्लाहकार मार्को रुबियो, तथा विशेष दूत स्टिभ विटकोफले इरानसँग प्रत्यक्ष र अप्रत्यक्ष वार्तामार्फत सम्झौता सफल बनाएका हुन्।
ह्वाइट हाउसका अनुसार यो सहमति अमेरिकाले शनिबार इरानका तीनवटा आणविक केन्द्रमा गराएको निशाना हमलापछि सम्भव भएको हो।
राष्ट्रपति ट्रम्पले युद्धविराम सम्झौताको मध्यस्थताका लागि कतारका अमिर तामिम बिन हमाद अल थानीलाई पनि धन्यवाद दिएका छन्। उनीहरूबीच प्रत्यक्ष संवाद भएको जनाइएको छ।
अन्तिम जानकारी अनुसार ट्रम्प पछिल्लो आधा घण्टामा वेस्ट विङ फिर्ता भएका छन्। साँझ ६ बजेपछि उनी आफ्नो निवास फर्किसकेका छन् भने सोमबार उनी सार्वजनिक कार्यक्रममा सहभागी नहुने बताइएको छ। हाल पनि उच्चस्तरीय संवाद टेलिफोनमार्फत जारी रहेको स्रोतको भनाइ छ।
कचनकवल गाउँपालिकाको जरुरी सूचना :