बनियानी । कचनकवल गाउँपालिका न्यायिक समितिको आयोजनामा तथा प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र, नेपालको सहजीकरणमा “दिगो शान्तिका लागि उन्नत सम्बन्ध” विषयक आठ दिवसीय तालिम कचनकवल गाउँपालिकाको सभाहल बनियानीमा सुरु भएको छ।


प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल समेतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन उमेश मिश्रले गर्दै उद्घाटन सत्रमा गमलाको फुलमा पानी हालेर गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि कालेन्द्र प्रसाद सिह राजवँशीले शुभकामना मन्तब्य दाख्नुका साथै स्वागत मन्तव्य न्यायिक समिति सदस्य बविता काफ्लेले र औपचारिक कार्यक्रमको समापन मन्तव्य गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिति सँयोजक नवराज भट्टराईले महत्त्वपूर्ण बिचार व्यक्त गर्नुभएको थियो।
तालिममा कूल २७ जना सहभागी रहेकामा २५ वर्षभन्दा माथिका सहभागीहरूको संख्या २४ रहेको छ। सहभागीहरूमा समुदायस्तरमा सक्रिय मेलमिलाप सहजकर्ताहरू उमाशंकर गणेश, सुनिता दर्जी, खेमराज राजवँशी, फाल्गुनी लाल सिंह राजवँशी, फुलचन्द्र गणेश, जमालुद्धिन मियाँ, मोहम्मद केसमुद्धिन हक, घनश्याम खनाल, शिव गुरुङ, भिम मावो, गंगा राई, तोया मिश्र, खगेन्द्र खतिवडा, भावना कार्की, बविता काफ्ले, भागिरथा प्याकुरेल, गुन्दर राजवँशी, धनमाया राजवँशी, अम्बिका अधिकारी, सम्झना सापकोटा, मणि सुब्बा, अर्जुन लामा, मोहन सापकोटा र आनन्द गणेशको उल्लेखनीय उपस्थिति रहेको छ।
तालिमको पहिलो दिन दुई सत्रमा सञ्चालन गरिएको थियो। पहिलो सत्रमा राष्ट्रिय स्रोत व्यक्ति संगीता थापाद्वारा सहभागी परिचय कार्यक्रम संचालन गरियो, जसमा सहभागीहरूले व्यक्तिगत जीवनका सुखद तथा दुःखद क्षणहरूमार्फत एकअर्कासँग आत्मीयता विकास गर्ने अभ्यास गरे। सोही सत्रमा मेलमिलापसम्बन्धी मौजुदा कानुनी संरचनाहरूका विषयमा समूहगत छलफल पनि गरिएको थियो।
दोस्रो सत्र प्रशिक्षक चेतराज बिष्टद्वारा सञ्चालन गरिएको थियो। उहाँले विवादका कारण, परिभाषा, सकरात्मक र नकारात्मक विवादले पार्ने प्रभावहरूबारे प्रशिक्षण दिनुका साथै भिडियो प्रस्तुतीकरणमार्फत विवाद समाधानका उपायहरूबारे जानकारी दिनुभयो। साथै, द्वन्द्वका कारण, परिभाषा, परिणाम र समाधानसम्बन्धी समूह छलफलसमेत सम्पन्न भएको थियो।
कार्यक्रम सञ्चालन बिहान १०:३० देखि साँझ ४:३० बजेसम्म निर्धारण गरिए पनि प्रमुख अतिथिको सञ्चार सँवाद ब्यस्तताको ढिलाइका कारण तालिम १२:०० बजेबाट प्रारम्भ गरिएको थियो। दिनको गर्मीका कारण तालिम निर्धारित समयभन्दा अगावै समापन गरिएको थियो।
प्रतिवेदन लेखनको जिम्मेवारी भागिरथा प्याकुरेलले, मूल्यांकन कार्य फाल्गुनी लाल सिंह राजवँशीले, मनोरञ्जन संयोजन शिव गुरुङले र सभामुखको भूमिका मोहन सापकोटाले निर्वाह गर्नुभएको थियो। तालिमको पहिलो दिनको समापन सभामुख मोहन सापकोटाद्वारा औपचारिक रूपमा घोषणा गरियो।