झापा, बनियानी । अत्यधिक गर्मीको कारण कचनकवल गाउँपालिकाका सबै विद्यालय दुई दिनका लागि बन्द गरिने भएको छ। प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेलद्वारा जारी सूचनाअनुसार भोलि बिहीबार (जेठ २९) र शुक्रबार (जेठ ३०) गतेसम्म पठनपाठन स्थगित गरिएको हो।


गाउँपालिकामा पछिल्लो केही दिनयता तापक्रम अत्यधिक वृद्धि भएको र यसले विद्यार्थी, शिक्षक तथा कर्मचारीको स्वास्थ्यमा असर पार्न थालेपछि विद्यालय बन्द गर्ने निर्णय लिइएको कालेन्द्र प्रसाद सिह राजवँशीले जनाउनु भएका छन्।
"वातावरणीय अवस्था अत्यन्तै प्रतिकूल भएकोले विद्यालयमा नियमित पठनपाठन संचालन गर्न कठिन भइरहेको छ," राजवँशीको भनाइ छ।
स्थानीय प्रशासनले विद्यालयहरूलाई तत्काल प्रभावबाट लागू हुनेगरी २ दिनका लागि सम्पूर्ण शैक्षिक गतिविधि स्थगित गर्न निर्देशन दिएको छ।
स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै गरिएको यो निर्णयले विद्यार्थी र अभिभावकलाई तत्काल राहत दिने अपेक्षा गरिएको छ। गाउँपालिकाले आवश्यक परेमा बिदाको समय थप गर्नेसमेत संकेत गरेको छ ।
अत्यन्त जरुरी सूचना :