पाठामारी । झापा जिल्लाको कचनकवल गाउँपालिका-५ पाठामारीमा कुटपिटको घटनामा एक महिला गम्भीर घाइते भएकी छन्। शुक्रबार साँझ करिब ७:३० बजे पुरानो आपसी रिसइबीका कारण विवाद चर्किँदा गालीगलौज र कुटपिट भएको हो।


घटनामा स्थानीय ४० वर्षीया हनुपा खातुन घाइते भएकी हुन्। उनलाई सोही ठाउँका २९ वर्षीय निजामुदिन मियाँले कुटपिट गरेका थिए। कुटपिटबाट टाउको र छातीमा चोट लागेपछि हनुपा खातुनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको परिवारजनले जनाएका छन्।
घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी चौकी पाठामारीबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) डोमि साहको कमाण्डमा खटिएको टोलीले निजामुदिन मियाँलाई नियन्त्रणमा लिई प्रहरी चौकीमा ल्याएको छ।
जरुरी सूचना :