बनियानी, झापा । कचनकवल गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अध्यनरत आधारभूत तह (कक्षा ८) का विद्यार्थीहरूका लागि ग्रेडवृद्धि परीक्षा तालिका सार्वजनिक गरिएको छ।


गाउँपालिकाले २०८१ सालको गाउँपालिकास्तरीय आधारभूत तह ग्रेडवृद्धि परीक्षा २०८२।०१।२८ गतेदेखि सञ्चालन गर्ने निर्णय अनुसार परीक्षा तालिका सार्वजनिक गरेको हो।
तालिका अनुसार परीक्षा २०८२ साल वैशाख २८ गते आइतबारदेखि सुरु भई २०८२ जेठ ०२ गते शुक्रबारसम्म सञ्चालन हुनेछ। परीक्षाहरू बिहान ८:०० बजेबाट सुरु हुने छन्। परीक्षास्थल श्री लक्ष्मी प्रसाद देवकोटा माध्यमिक विद्यालय,सुकुनाडिगी, झापा तोकिएको छ।
परीक्षा तालिका यस प्रकार रहेको छ :
स्थानीय विषयको परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्न अनुरोध गरिएको छ।
परीक्षा सञ्चालनको सम्पूर्ण व्यवस्थापनका लागि शिक्षा शाखाले तयारी पूरा गरेको जानकारी दिएको छ।