झापा, कचनकवल गाउँपालिका-६ स्थित बनियानीको लक्ष्मी माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा आजदेखि शान्तिपूर्ण वातावरणमा सुरु भएको छ। केन्द्राध्यक्ष सुकदेव पोख्रेलका अनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको पहिलो दिनको अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा १४२ छात्र र १३७ छात्रा गरी २७९ विद्यार्थी सहभागी भए।

बनियानी केन्द्रमा परीक्षामा सहभागी भएका विद्यालय र विद्यार्थी संख्या अनुसार हिमाली माध्यमिक विद्यालयबाट ५४ ,पथरिया माध्यमिक विद्यालयबाट ४५ ,स्वर्णिम शिक्षा सदनबाट २१ ,लक्ष्मीप्रसाद देवकोटा माविबाट ९५ ,कचनकवल विद्या मन्दिरबाट ४७ ,मोती माविबाट १७ गरेर जम्मा २७९ परीक्षार्थीमध्ये ७ जना अनुपस्थित रहेको जनाइएको छ।

कचनकवल गाउँपालिका भित्रका लक्ष्मी माविबाट ६१ र विद्या निकेतन माविबाट ३९ विद्यार्थीले भद्रपुर-१ स्थित हिमाली मावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन्।

कचनकवल गाउँपालिका भित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयका ३७२ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिइरहेका छन्, जसले गाउँपालिकाको शैक्षिक अवस्थालाई प्रतिबिम्बित गर्ने महत्वपूर्ण सूचकको रूपमा काम गरेको छ।

विद्यार्थीको उल्लेखनीय सहभागिता, परीक्षा केन्द्रको व्यवस्थापन र अनुशासनले यसपालिको परीक्षालाई सफल बनाएको केन्द्र स्रोतले जनाएको छ।